राष्ट्रिय आविस्कार केन्द्रको प्रमुख डा. महावीर पुनको आत्मकथा बेचेर पूर्वी नवलपरासीमा २४ लाख ५० हजार प्राप्त भएको छ । उहाँले उक्त रकम नेपाल बैंक लिमिटेडको कावासोती शाखामा जम्मा गरेको पुष्टि सामाजिक संजालबाट गर्नुभएको हो ।
पुस्तक बिक्रीबाट उठेको रकम तीन दिन अघिको हो । उहाँ अझै २ दिन गैडाकोटमा पुस्तक बिक्री गर्ने कुरा सामाजिक संजालमा राख्नुभएको छ ।
केहिदिन अझै जिल्लामा पुस्तक बिक्री गर्ने हुँदा अझै पुस्तक बिक्रीको रकम बढ्ने देखिन्छ । यो रकम एउटा जिल्लाबाट उठेको अहिलेसम्मको सबैभन्दा धेरै रहेको छ । उहाँ केहीदिनदेखि पूर्वी नवलपरासीको विभिन्न ठाउँमा पुस्तक बिक्रीको लागि आफै खटिएर काम गरिरहनुभएको छ ।
Discussion about this post