काठमाडौँमा नयाँ किसिमको ठगि गर्ने गिरोह पक्राउ परेको छ । विभिन्न बहाना बनाई मोबाइल लुटेर बैंक खातामा पहुच बनाउने गरेको देखिन्छ ।
काठमाण्डौं उपत्यकाको विभिन्न चोकमा रहेका ट्याक्सी स्टेशनमा २/४ जनाको समुहमा गई पार्किङ गरी राखेका ट्याक्सी चालकसंग मेरो बिदेशी पाहुनाको लगेज ठमेल लग्नुपर्ने, त्यो बिदेशी पाहुनालाई फोन गर्नुपर्ने छ, अंग्रेजीमा कुरा गर्नुपर्छ मेरो मोबाईल स्विच अफ भयो, तपाईलाई अंग्रेजी भाषामा कुरा गर्न आउदैन होला तपाईको फोन मलाइ दिनुहोस् म कुरा गर्छु भनी ट्याक्सी चालकको मोबाईल लिई फरार भई उक्त मोबाइलमा रहेका वालेट आईडि तथा मोबाईल बैंकिङमा अनधिकृत रुपमा पँहुच पुर्याई उक्त वालेट आईडि तथा मोबाईल बैंकिङ मार्फत उपत्यकाको विभिन्न स्थानमा रहेका कपडा पसल, Liquor Shop साथै Night club हरुमा गई रकम खर्च गर्ने कार्यमा संलग्न गिरोहलाई अनुसन्धान टोलि काठमाण्डौँ उपत्यकाको बिभिन्न स्थानबाट ब्यक्तिहरुलाई पक्राउ गरेको छ ।
पक्राउ ब्यक्तिहरुको विवरण:
१. जिल्ला सिन्धुली फिक्कल नगरपालिका वडा नं. १ घर भई हाल जिल्ला काठमाण्डौं चुच्चेपाटी बस्ने बर्ष १९ को नवराज सुनुवार ।
२. जिल्ला बाजुरा गढीमालीका नगरपालिका वडा नं. ९ हाल जिल्ला काठमाण्डौं पहेंलो पुल बस्ने बर्ष १९ को सुसन थापा ।
३. जिल्ला उदयपुर गाईघाट घर भई हाल जिल्ला काठमाण्डौं कपन बस्ने बर्ष १९ को प्रमेश सुन्दास ।
४. जिल्ला सोलुखुम्बु नाम्चे बजार घर भई हाल जिल्ला काठमाण्डौं कपन बस्ने बर्ष १९ को दोर्जी तामाङ ।
Discussion about this post