नयाँ सत्ता गठबन्धनको दौडधुप भएसँगै नेपालको राजनीतिक वृत्तमा नयाँ हलचल सुरु भएको छ । हिजो भर्खरै नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा र नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएपछि नयाँ सत्ता समीकरणको खेल सुरु भएको छ ।
आज बसेको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजिनामा नदिने नेताहरु बताएका छन् । माओवादी केन्द्रको स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले प्रधानमन्त्रीले राजीनामा नदिने बताउनुभएको छ, प्रधानमन्त्रीले राजा राजीनामा दिनुहुन्न, उहाँ विश्वासको मत लिले कुरामा अगाडि बढ्नुहुन्छ उहाँले बताउनु भयो ।
त्यसैगरी सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ समीकरणमा सहभागी नहुने बताएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको मङ्गलबार बिहान बसेको सचिवालय बैठकले सो निर्णय गरेको नेता सन्तोष परियारले जानकारी दिनुभएको छ । उहाँको भनाइ अनुसार अबको गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी हुँदैन, अर्को सरकार बन्ने प्रक्रिया अगाडि बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिन्छ, विभिन्न राजनीतिक दलहरुसँग छलफल भइरहेको परियारले बताउनु भएको छ । उहाँले अहिलेसम्म सरकारमा छौं. एउटा राजनीतिक संस्कारका हिसाबले राम्रो संवाद भइरहेको छ । उहाँले पुराना राजनीतिक दलहरू २०४७ को संबिधानको अभ्यासबाट पर जान नसकेको आरोप लगाउनुभएको छ ।
Discussion about this post