थारु महिला सभाले काठमाडौं उपत्यकामा दिने उद्घोषण तालिम आयोजना गरेको छ । काठमाडौं उपत्यकामा रहेका महिलाहरुको लागि तालिमको आयोजना गरेको छ ।
थारु महिलाहरुको क्षमता अभिवृद्धिका लागि तालिम आयोजना गरेको हो । सभाले अहिले एकहप्ता लागि तालीम आयोजना गरेतापनि पछि गएर यसलाई थप वृद्धि गर्न सकिने आयोजकले जनाएको छ । आयोजकका अनुसार पहिलो चरणमा काठमाडौं रहेका केही महिलाहरुलाई बोल्न कला विकास गर्नको लागि उक्त कार्यक्रम आयोजना गरिएको जानकारी दिएको छ ।
सहभागीहरु मध्ये धेरैजसो महिलाहरू गृहिणी काममा लागेको र परिवारका सदस्यहरुलाई सहयोग गर्ने गरेको कुरा बताएका छन् । बोल्ने कला सीप सिकेमा आगामी दिनमा अन्य कुनै ठाउँमा बोल्नलाई सहज हुने, नहिच्किचाउने, नडराउने कुराको हुने बताउनुभएको छ । जसका निम्ति थारु महिलाहरु एकजुट भएर अगाडि बढ्नका लागि र थारु समुदायका महिलाहरुलाई सशक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने आयोजक पक्षले जानकारी दिएको छ ।
तालिम एक हप्ता संचालन हुनेछ
Discussion about this post