नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा र नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीको भेटपछि राजनीतिक वृत्तमा ठूलो हल्लीखल्ली मच्चिएको छ । नयाँ सत्ता समीकरणको पहल भएको भन्दै समर्थन र आलोचना पनि भएको छ ।
नेपाली जनताहरू तीन भागमा विभाजित भएका छन् । पहिलो, नयाँ बन्ने सत्ता समिकरणलाई सकारात्मक रुपमा लिएका छन् भने, दोश्रो ग्रुपले अहिले भइराखेको सरकारलाई थप अगाडि बढाउनुपर्ने र देशमा समृद्धी बनाउन पर्ने कुरामा एकमत भएका छन् र तेस्रो ग्रुपले राजनीतिलाई नराम्रो रुपमा व्याख्या गर्ने गरेका छन् । नेताहरुलाई एउटै डालोमा राख्ने आलोपालो लुटी खाने भाँडोको रूपमा, राज्यको श्रोत साधन दोहन गर्ने कुरामा व्याख्या गर्ने गरेका छन् ।
राजनीतिक दलले सामाजिक आर्थिक क्षेत्रको विकासलाई थाती राखेर सत्ता स्वार्थका निम्ति नेपाली नागरिकलाई प्रयोग गरी राखेको कुरा कैयन व्यक्तिहरू भन्ने गरेका छन्, जसले गर्दा राजनीतिक वृत्तमा देखिएका यस्ता समस्याहरूलाई समाधान गर्नका निम्ति राजनीतिक दलले पहल नगरेको चर्चा छ । सत्ता स्वार्थको निम्ति रातले दिनलाई दिनले रातलाई अँगालेको कुरा भने आम नागरिकहरुले सजिलै बुझेका छन् । अस्थिर राजनीतिले गर्दा समस्याहरु समाधानका हुनुपर्नेमा आर्थिक समृद्धिमा बाधा पुगेको छ ।
अझै हप्ता, महिना दिनमा सत्ता समीकरण परिवर्तनले देशलाई कता लाने हो भन्ने कुराको पनि निक्यौल हुन सकेको छैन । संघमा माओवादीले कांग्रेससँग मिलेर सत्ता बनाउने, कहिले एमालेसँग सत्ता मिलेर बनाउने त कहिले मधेसबादी संग सत्ता मिलेर बनाउने कसरत विगतमा पनि भएको देखिन्थ्यो, तर अहिलेको सत्ता समीकरण हेर्दा थोरै समयमा सत्ता समीकरण परिवर्तन भएको देखेका छन्, जसले गर्दा आम नागरिकहरु निराश भएका छन् । राजनीति दलप्रति मानिसको भावना फरक हुने गरेको देखिएको छ ।
त्यसैगरी प्रदेशमा केन्द्र सरकार परिवर्तनसँगै प्रदेशमा पनि सत्ता समीकरण परिवर्तन हुने गरेको छ, जसले गर्दा महिना दिन नबित्दै नयाँ मुख्यमन्त्री पाउने, अविश्वास हुने मन्त्रीमण्डल परिवर्तनले भइराखेको विकास निर्माणका कामहरु. लगायत अन्य कुराहरुमा असर पर्ने गरेको छ । राजनीतिले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने कुरा नेताहरुले देखाउन सकेका छैनन्, यसका निम्ति आम नागरिक सचेत हुने कि?
Discussion about this post