पहिचानवादी मोर्चाले भन्योले संविधान संशोधनको मखुण्डोमा भ्रष्टाचारी नजोगाइयोस् भनेर विज्ञप्ति जारी गरेको छ । मोर्चाको संयोजक प्राध्यापक डाक्टर महेन्द्र लावतीको हस्ताक्षर रहेको विज्ञप्तिले उक्त कुरा भनेको हो ।
विज्ञप्तिमा केही नेताको निहित स्वार्थमा फेरि पनि सरकार परिवर्तन गरी घृणित खेल सुरु भएको भन्दै सरकार परिवर्तनको खेल गलत भनिएको छ । दशकौंसम्म नेपाली कांग्रेस र एमालेले शासन सत्ता चलाएको र तिनको शासनकालमा बढीमात्रामा विकृति विसंगति फैलिएको उल्लेख गरिएको छ ।
त्यसैले यी दुई दलको गठबन्धनबाट सकारात्मक परिवर्तन र उन्नतिको आशा गर्न सकिन्न, नक्कली भुटानी शरणार्थी, गिरी बन्धु टी स्टेटको जग्गा धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति, सहकारी ठगी जस्ता काण्डहरु ढाकछोप गर्न डिसमिस पार्न र त्यसबाट अर्बौं कुम्ल्याउन सरकारी परिवर्तन गरिँदै छ भनेर सरकार परिवर्तन निन्दनीय भएको जिकिर गरिएको छ ।
देशलाई अग्रगामी बाटोमा लानको लागी व्यापक संविधान संशोधन वा पुनर्लेखन जरुरी छ । बहुजातीय समाजको समाजमा लादेको एकल जाति राज्यबाट देश गरिब मात्र बन्नेछ । उत्पन्नहुने द्वन्द्वलाई साम्य पार्न र देशलाई समृद्धितर्फ लान पनि एकल जातीय राज्यलाई बहुजातीय राज्यमा रुपान्तरण गर्न आवश्यक छ । त्यसको लागि रैथाने नेपाली पहिचान जनित शक्तिशाली १० प्लस एकको संघीयता तथा असक्षम एकलजातीय न्यायालय कर्मचारीतन्त्र, सुरक्षा क्षेत्र आदिलाई बहुजातीय बनाउनुपर्छ छ । राष्ट्रियतालाई शक्तिशाली सार्वजनिक सर्वजातीय सभामा रुपान्तरण गरिनुपर्छ । खर्चिलो निर्वाचन प्रणालीमा सुधार गरी जवाफदेहिता सहितको मजदुर किसान र सबै जातजातिको प्रतिनिधित्व हुने हुने पूर्ण समानुपातिक पद्धति अपनाउनुपर्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता संवैधानिक आयोगहरुलाई सशक्त दलीय प्रभावमुक्त तथा स्वतन्त्र बनाउन सकेमात्र जवाफदेहिता वृद्धि हुन्छ र भ्रष्टाचार लगायतका अन्य बेथितिहरु नियन्त्रण ल्याउन सकिन्छ । विधिको शासन र सुशासन स्थापना गर्न सकिन्छ । अहिलेको अपूर्ण संघीयतालाई पूर्ण बनाउन अभ्यास गर्दै लानुको सट्टा संघीयता नै खारेज गर्ने अभ्यासले देश टुक्राउन सक्ने सम्भावना प्रबल छ, यसर्थ प्रतिगमनकारीहरुलाई त्यस्तो किसिमको देशद्रोही कदम नसोच्न र नलिन सचेत गराउन चाहन्छौं ।
राज्य र धर्म अलग विषय हुन् मानिसलाई धर्म चाहिन सक्छ तर राज्यलाई धर्म चाहिँदैन. धार्मिक राज्यले जताततै द्वन्द्व बढाएको आम नागरिकहरुले जानकारी गराउन चाहन्छ । यदि मुलुकलाई प्रतिगमनतर्फ धकेल्न संविधान संशोधनको दुष्प्रयास भएमा कांग्रेस एमाले गठबन्धनले हाम्रा लागि आन्दोलनको अवसर जुराइदिएको संयोगको रूपमा लिने छौं र यसको फाइदा लिँदै वैकल्पिक राष्ट्रिय शक्ति निर्माण गर्दै तेस्रो जनआन्दोलनको माध्यमबाट एकल जातीय राज्यलाई परास्त गरी बहुजातीय राज्य निर्माण गरिने कुरा आम नेपाली जनतालाई यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछौं भनेर विज्ञप्तिमा उल्लेख गरिएको छ ।
Discussion about this post