सामाजिक सञ्जालमा छ नेताले गीत गाइरहेको भिडियो सञ्जालमा चर्चाको विषय बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा, नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवम् गृहमन्त्री रवि लामिछाने, काठमाडौं महानगरपालिकाको मेयर बालेन साह, र धरान उपमहानगर पालिकाको मेयर हर्क राईको गीत गाईरहेको भिडियो र सर्वत्र चर्चाको विषय बनेको छ ।
केही दिन अगाडि मात्रै अपलोड गरिएको भिडियो हजारौं पटक शेयर गरिएको छ, भने लाखौं मान्छेहरुले हेरेर आफ्नो प्रतिक्रिया दिइराखेका छन् । राजनीतिक दलका नेताहरुले कतिसम्म झुट बोल्न सक्छन् र नयाँ आएका नेताहरुले के गर्न सक्छन् भन्ने कुरा भिडियोमा चित्रण गर्न खोजिएको छ, जसले गर्दा सामाजिक सञ्जालमा यत्रतत्र यो भिडियो शेयर गरिएको पाइएको छ । सामाजिक, सांस्कृतिक र राजनीतिक रूपमा यी नेताहरुको परिदृश्य देखाउने प्रयास गरिएको छ ।
नयाँ नेताहरु कसरी अगाडि बढिराखेका छन् र पुराना राजनीतिक दलका नेताहरु किन झूटा कुरा बोल्छन्? यो कुरा भिडियोमा दर्शाउन खोजिएको छ । भिडियोको कतै आलोचना त कतै कटाक्ष गरिएको छ ।
Discussion about this post