राष्ट्रिय मुक्ति क्रान्तिले दुई दिने प्रशिक्षणको कार्यक्रम आयोजना गरेको छ। आजदेखि काठमाडौंको कृष्णभोग पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा दुई सय जना व्यक्तिहरुको सहभागी रहेको थियो।
देशैभरिबाट जम्मा भएका अभियानका नेता कार्यकर्ताहरुको उपस्थितिमा आगामी दिनमा गर्ने कार्यक्रमहरुको रणनीति बारेमा छलफल गरिएको थियो । कार्यक्रममा विभिन्न व्यक्तिहरुले आगामी रणनीतिको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा काठमाडौं लगायतका विभिन्न क्षेत्रहरूमा गरिने कार्यक्रमहरूको तयारीको विषयमा छलफल गरिएको थियो। कार्यपत्रमा प्रस्तुत गरिएअनुसार पूर्व, मध्य, पश्चिम लगायतको कमान्डहरू निर्धारण गरिएको छ । जसअनुसार काठमाडौंमा थुप्रै संघर्षका कार्यक्रमहरु आयोजना गरिने बताइएको छ र त्यहीअनुसार देशैभरि संघर्षका कार्यक्रम आयोजना गरिने आयोजकले बताएको छ।
क्रान्तिको संयोजक राजेन्द्र महतोको सभापतित्वमा भएको कार्यक्रममा बुद्ध छिरिङ मोक्तान, पूर्व मन्त्री गोविन्द प्रसाद चौधरी, सुमन सायमी, रविन्द्र कुमार श्रेष्ठ, सीएन थारु, आरके तामाङ, दीपक गुप्ता, सनम लिम्बू, जून तारा मगर, रामनरेश राय, डाक्टर राजिव झा, कमला गुरुङ, दिनेश महर्जन, अनिल महासेठ, केशव झा, सन्तोष मेहता, कौशल कुमार सिंह, विद्या श्रेष्ठ, निरुता मोक्तान लगायतका नेताहरुको उपस्थिति रहेको थियो।
Discussion about this post