नेकपा एकीकृत समाजमा समाजवादीको अध्यक्ष र महासचिव सर्वसम्मत चयन भएका छन् । जारी १० औं राष्ट्रिय महाधिवेशनले बिहीबार अध्यक्ष माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुषाललाई सर्वसम्मत चयन गरेको हो।
झलनाथ खनाल सम्मानित नेता चयन भएका छन्। यी तीन पदमा सर्वसम्मत भएको घोषणा गरेको हो । अन्य पदाधिकारी र समितिको सदस्यहरु सचिवालयले टुंग्याउने निर्णय भएको छ ।
रामकुमारी झाँक्री असन्तुष्ट
यसैगरी अध्यक्ष र महासचिव बाहेक अन्य पदाधिकारीसँग सर्वसम्मत भनिएकोमा रामकुमारी, झाँक्रीले असन्तुष्टि व्यक्त गर्नुभएको छ । अध्यक्ष मण्डलको अध्यक्ष झलनाथ खनाललाई पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म सर्वसम्मत गरौं भनेर भनेर प्रतिनिधिलाई घर पठाउने म्याण्डेट कसले दियो भनेर उहाँले प्रतिप्रश्न गर्नुभएको छ ।
Discussion about this post