नेपाल भलिबल संघले आधिकारिक रुपमा इन्फिनिटी ड्रिम्स प्रा.ली. लाई एभरेष्ट महिला भलिबल लिग सञ्चालन गर्न अनुमति दिएको छ । दुवै संस्थाले कार्यविधि पत्रमा हस्ताक्षर गर्दै लिग संचालन गर्ने सहमति बनेको हो ।
खेल प्रेमीहरूको लागि यो ऐतिहासिक क्षण हो, जहाँ महिला भलिबलको क्षेत्रलाई अन्तर्राष्ट्रिय मापदण्डमा उकास्ने अवसर मिलेको छ भनेर संघले भनेको छ । नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले इन्फिनिटी ड्रिम्स प्रालिलाई नेपाल भित्र ७ वर्षको लागि एभरेष्ट महिला फ्रेन्चाईज भलिबल लिग आयोजना गर्न अनुमति प्राप्त गरेको भन्दै बधाई दिनुभएको हो ।
दुबै संस्थाले महिलालाई भलिबल मार्फत सशक्त बनाउने कार्यमा सँगै काम गर्नेछन्, जसले खेलाडीहरूलाई व्यावसायिक रूपमा सशक्त बनाउँछ र उनीहरूलाई आर्थिक रूपमा राम्रो पुर्याउने संघले विश्वास ब्यक्त गरेको छ ।
Discussion about this post