नवलपरासीको बर्दघाटमा अति विषालु बाघे सर्प भेटिएको छ । केहिदिन अघि बर्दघाट ७ मा सर्प भेटिएको स्थानीयले जानकारी दिएका छन् ।
यस सर्पमा हेमोटक्सिक खालको बिष हुने भएकाले टोकेको ठाउँबाट रगत बग्ने र मिर्गौलामा समेत नराम्रो असर पर्ने हुँदा तोकेमा उपचार असम्भव हुने जानकार बताउने गरेका छन् । यसको सर्पको टोकाइपछि मिर्गौलाको डायलासिस गर्नुपर्ने अवस्था हुन जान्छ ।
टाेकिसकेपछि बाँच्ने सम्भावना न्यून हुने र समयमा उपचार पाएको खण्डमा पनि जीवनभर प्यारालाइसिस हुने सक्ने हुनाले अति विषालु यस्ता सर्पबाट सुरक्षित रहन सबैलाई आग्रह छ भनेर केही दिनयता सामाजिक सन्जालमा निकै सेयर गरिएको फोटो सार्वजनिक भएको छ । यो सर्प हेर्दा अजिंगर जस्तै देखिने सामान्यतया विषालु सर्प जस्तो नदेखिने देखिन्छ ।
Discussion about this post