इंग्ल्यान्डलाई पराजित गर्दै स्पेनले कीर्तिमानी चौंथो पटक युरो कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । जमर्नीको बर्लिनस्थित ओलम्पिया स्टेडियनमा गएराति भएको फाइनलमा स्पेनले इंग्ल्यान्डलाई २-१ ले पराजित गरेको हो ।
स्पेनले यसअघि सन् १९६४, २००८ र २०१२ मा युरो कपको उपाधि जितेको थियो । स्पेनले प्रतियोगिताका सबै खेलमा अपराजित रहँदै यो उपाधि उचालेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
दोस्रो हाफको दुई मिनेटमै स्पेनले निको विलियम्सको गोलबाट अग्रता लिएको थियो । खेलको ४७ औं मिनेटमा लमिन यमालले उपलब्ध गराएको पासमा विलियम्सको गोल गरेका थिए ।
सब्स्टिच्युट कोल पाल्मरले इंग्ल्यान्डका लागि ७३ औं मिनेटमा बराबरी गोल फर्काए । तर, मिकेल ओयरजाबलले खेलको ८६ औं मिनेटमा निणर्ायक गोल गर्दै स्पेनको जित सुनिश्चित गरे ।
इंग्ल्यान्डले युरो कप जित्न सकेको छैन । युरो कपको फाइनलमा इंग्ल्यान्डको यो लगातार दोस्रो हार हो । यसअघि सन् २०२१ मा पनि इंग्ल्यान्ड युरो कपको फाइनलमा इटालीसँग पराजित भएको थियो ।
यो हारसँगै इंग्ल्यान्डको ठूलो उपाधि जित्ने अभियान ५८ वर्षयता फेरि अधुरो नै रह्यो । इंग्ल्यान्डले सन् १९६६ मा विश्वकप उचालेयता कुनै पनि उपाधि जित्न सकेको छैन ।
Discussion about this post