असार १५ गते पश्चिम तराई कञ्चनपुरको भारतीय सिमाबाट पक्राउ परेर जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका बेचन झा जहिले चर्चामा छन् । नक्कली भुटानी शरणार्थी प्रकरणको मुख्य भेटौंला दाबी गरिएका उनलाई नयाँ सत्ता समीकरणको आधारका रूपमा विपक्षीले व्याख्या गरेका छन् । उनले मुख खोले धेरै भीआईपीको जेलयात्रा हुने चर्चाका बीच एमालेले गिरीबन्धु टी स्टेटको मुद्दा नै कांग्रेससँग साटेको. प्रतिपक्षीको आरोप छ । फलतः धेरैको चासोका विषय बनेका उनको परिवार नयाँ सरकार बनेसँगै सर्वोच्चमा पुगेको छ ।
झाका तर्फबाट छोराले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा झालाई गैरकानुनी थुनामा राखिएको दाबी गरिएको छ । हाजिरी जवानीमा रिहा गर्न माग गरेका छन् । उक्त निवेदन २ पटक इजलासमा पेशी तोकिए पनि हालसम्म एकपटक पनि सुनुवाइ भएको छैन । अर्थात् असार १ ३० गते पहिलोपटक न्यायाधीश विनोद शर्माको इजलाशमा पेशी तोकिएपनि झाका कारण व्यवसायीले निवेदन दिएर सुनुवाइ सारेका थिए । त्यस्तै साउन ६ गते आइतबार दोस्रो पटक न्यायाधीश बालकृष्ण ढकालको इजलाशमा पेशी तोकिएको थियो । सो पेशी पनि झाकै कानुन व्यवसायीले निवेदन दिएर सारेका छन् । यसको अर्थ उनीहरु अहिले इजलास छान्ने खेलमा लागेको पकाउँदा ठूला नेताको नाम उछिन्न सक्ने डरका बीच उनी निकटको यो सक्रियता अर्थपूर्ण देखिन्छ जहाँ तत्कालीन गृह सचिव टेकनारायण पाण्डेले समेत बेच्न झा पक्राउ परेपछि धेरै कुरा खुल्ने बताएका थिए ।
त्यस्तै बिचौलिया. रामशरण पाण्डे अर्का बिचौलिया सानो भण्डारीले भनेपछि झालाई २ करोडको चेक नै दिएको बताएका थिए । फलतः ठूलो माछो मानिएका उनी पक्राउपछि सो प्रकरणको दोस्रो तहको अनुसन्धान माथि पुग्ने पक्का जस्तै थियो । तर अहिले विकसित घटनाक्रमले भने त्यसलाई माथ खुवाएको छ । माओवादी पार्टीभित्र भन्यो, तपाई रोल्पाली र डिबेट पनि हो. २ जना व्यक्तिहरु समातेपछि यो समीकरण चीनको भन्नेलगायत कुरा पनि बोलिन् र त्यसले गर्दा के?
विपक्षी पार्टीले प्रश्न उठाएका छन् तर मुख्य अभियुक्त वचनले इन्कारी बयान दिएका छन् जहाँ उनलाई मन्त्रीपरिषदबाट निर्णय गराउन लागेको भन्दै फोनमा बोलेको अडियो बारे गरिएको प्रश्नमा उनले आफ्नो आवाज नै नभएको बताए । आफूले सञ्चारमाध्यमा आएपछि मात्रै थाहा पाएको बताएका उनले बाँकी कुरा थाहा नभएको दाबी गरे । त्यस्तै अर्को प्रमाण चेक बारे सोधिएको प्रश्नमा उनले चेक नच्यातिएको दाबी गरे पनि प्रहरीले पनि चेक बरामद गर्न सकेको छैन । उनलाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खानसँगको सम्बन्धका बारेमा पनि सोधिएको थियो । यी सबै प्रश्नमा खासै नखुलेका उनले ठूला नेतासँग उठबस भएको भने स्विकारे त्यस्तै उनको नाम बयानमा पोलिएका बिचौलिया रामशरण पाण्डेसँग समेत सामान्य चिनजान मात्र भएको उनले बताए । किन भागेको भन्ने प्रश्नमा आफ्नो छोरीको घर भारतमा रहेको र उतै गएको बताएका उनले नेपाल भारत आउजाउ सामान्य भएको तर्क गरे बयानमा उनले दिएका यी उत्तरले उनको आत्मविश्वास गज्जबको देखिन्छ जसको कारणले नयाँ सरकार त होइन भन्ने आशंका जन्माउँदा एकैदिनमा प्रहरीले बयान सक्नुपर्ने स्वभाविक देखिँदैन । जसले उनी सेफ जोनमा रहेको आशंका बल पुर्याउँदा संगठित अपराधमा ६० दिनको समय हुने भए पनि त्यसअघि नै मुद्दा अघि बढाउने तयारीमा सरकारी वकिलको कार्यालय छ । यसले उनी चौधरी घटनाकै दाजुभाइकै अवस्थाबाट गुज्रिने संभावना बढी देखिन्छ ।
तथ्य र प्रमाणको खोजीमा रहेको बताएको प्रहरीले आवश्यक देखिए फेरि बयान लिने बताएको छ । त्यस्तै अडियो जाँच गर्ने र भेटघाट तथा पक्राउ परेकाहरुको जालो खोज्न अनुसन्धान केन्द्रित भएको प्रहरीले बताउँदा प्रमाण पुगेमा बयान ठूलो विषय होइन तर हात्ती आयो हात्ती आयो फुस्स तर्फ उन्मुख भएको उनी माथिको अनुसन्धानले झा पक्राउको चर्चा पनि त्यस्तै हुने सम्भावना बलियो बन्दै गएको छ । जसले देउवा पत्नी आरजु राणा, डा. कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्र बहादुर कार्की, विमलेन्द्र निधि, एमालेका नेता टोपबहादुर रायमाझी लगायतसँग उनको सम्बन्ध रहस्यको गर्भमै रहने निश्चित प्राय छ ।
Discussion about this post