नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगमा इरानसँग पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भयो । जारी लिगमा नेपालको यो पहिलो हार हो । प्रतिस्पर्धात्मक खेलमा नेपालले इरानलाई १६–२५, २५–१६, २३–२५, २५–१५, १३–१५ को नतिजा सुम्पिएको हो ।
हारसँगै नेपालले तीन खेलबाट ६ अङ्क बनाएको छ । यसअघि नेपालले श्रीलङ्कालाई ३–० र भारतलाई ३–२ को सेटमा हराएको थियो । लगातार तेस्रो जित निकालेको इरानले चार खेलबाट सात अङ्क बनाएको छ । नेपालले लिग चरणको अन्तिम खेलमा सोमबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।
Discussion about this post