नेपाल समाजवादी पार्टी (नेसपा) ले २५ वटा विभाग प्रमुख तोकेको छ। यही साउन १६ गते बसेको पार्टीको महाधिवेशन आयोजक समिति केन्द्रीय सचिवालय बैठकले विभागहरू, जनवर्गीय संगठनहरू गठन/पुनर्गठन गरेको हो।
संगठन विभागमा सोनाम सिंह स्याङतान, प्रशिक्षण विभागमा महेन्द्र श्रेष्ठ, अन्तर्राष्ट्रिय विभाग दुर्गा सोव, आर्थिक व्यवस्थापन विभाग, हिसिला यमी, उत्पादन तथा स्वरोजगार विभाग भक्तबहादुर शाह, समावेशी तथा सामाजिक सुरक्षा विभाग सिर्जना रिजाल, प्रचार प्रसार तथा सूचनाप्रविधि विभाग मानुषी यमी. आर्थिक नीति तथा योजना विभाग डा. जनकराज शाह, जनपरिचालन तथा सामाजिक अभियान विभाग घमानसिंह गुरुङ, संघीय मामिला विभाग सरुण बाठा मगर, व्यवस्थापिका तथा राज्य व्यवस्था विभाग फणिन्द्र देवकोटा, शहिद तथा बेपत्ता परिवार द्वन्द्वपीडित र मानवअधिकार विभाग राजु नेपाल, केन्द्रीय कार्यालय व्यवस्थापन विभाग रोशन पोखरेल, कानुन तथा न्याय विभाग कृष्ण शर्मा, कृषि तथा भूमि व्यवस्थापन विभाग अमृत पुरी, शिक्षा विज्ञान प्रविधि विभाग राजु नेपाल, स्वास्थ्य तथा जनसंख्या विभाग हरि रिजाल, जलश्रोत तथा उर्जा विभाग भरत दाहाल. उद्योग, वाणिज्य तथा वित्त विभाग छन्द पन्थी, सरकारी तथा गरिबी निवारण विभाग यान प्रसाद भट्ट, वन तथा वातावरण विभाग चिनक कुर्मी, भौतिक पुर्वाधार तथा यातायात विभाग केदार गुरागाई, पर्यटन तथा नागरिक उड्ड्यन विभाग टिकाराम पौडेल, युवा तथा खेलकुद विभाग चित्र बहादुर सापकोटा, श्रम तथा रोजगार विभाग लालध्वज नेम्वाङलाई जिम्मेवारी दिएको छ ।
त्यसैगरी जनवर्गीय सङ्गठनहरूको इन्चार्जमा नेपाल समाजवादी मजदुर महासंघमा कृष्ण मुरारी ढकाल, नेपाल समाजवादी किसान महासंघ अमृत पुरी, नेपाल समाजवादी बौद्धिक महासंघ पी श्रेष्ठ, नेपाल समाजवादी उद्योग वाणिज्य महासंघ छन्द पन्थी, नेपाल समाजवादी साँस्कृतिक महासङ्घ सानु गुरुङ, नेपाल समाजवादी आदिवासी जनजाति महासंघ जि एस गुरुङ, नेपाल समाजवादी खेलकुद महासंघको पंकज राई, नेपाल समाजवादी युवा संघ सन्देश कार्की, नेपाल समाजवादी विद्यार्थी युनियन रुपनारायण श्रेष्ठ, नेपाल समाजवादी महिला संघ सिर्जना रिजाल, नेपाल समाजवादी दलित संघ गजाधर सुनार, नेपाल समाजवादी मुस्लिम संघ डाक्टर अब्दुल मोबिन खानलाई जिम्मेवारी दिइएको छ ।
केन्द्रीय विज्ञ परिषदमा सदस्यहरु थप गरिएको छ,जसमा पी श्रेष्ठ, ललितपुर, कपिल काफ्ले काठमाडौं, शारदाप्रसाद धिताल गोरखा, श्याम धाम, हङकङ लाई थप गरिएको छ ।
Discussion about this post