थारु समुदाय सम्बद्ध सम्पदाहरुको अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । विश्व आदिवासी दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पुस्तक बिमोचन गर्नु भएको थियो ।
मन्त्री गुप्ताले म थारू गाउँमै जन्मेको हुँदा थारुहरुको विषयमा धेरै जानकारी रहेको बताउनुभएको थियो । आफुले थारु आयोगलाई उक्त काममा सहयोग गर्ने र थारुहरुलाई थप अगाडि बढाउनको निम्ति सशक्त कामहरू गर्नका लागि मन्त्रालयले सहयोग गर्ने बताउनुभएको थियो । थारुहरु पछाडी परेको समुदाय हो, कला, संस्कृति, भेषभुषा. धर्म, संस्कृतिजस्ता कुरालाई अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा मन्त्रालयले सहयोग गर्ने बताउनुभयो ।
थारु आयोगको अध्यक्ष माननीय बिष्णु प्रसाद चौधरीले थारु समुदाय सम्बद्ध सम्पदाहरूको अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको बताउनुभयो । विभिन्न संघ संस्थाहरुलाई अध्ययन प्रतिवेदन तयार गर्न जिम्मेवारी दिइएको ती संस्थाले तयार पारेको प्रतिवेदनलाई पुस्तकमा समावेश गरिएको जानकारी गराउनु भयो । यो हाम्रो पहिलो प्रयास हो यसलाई थप व्यवस्थित बनाउँदै अगाडि जान्छौं, यसका निम्ति सहयोग गर्ने सबैलाई हामी धन्यवाद व्यक्त गर्छौं भनेर उहाँले बताउनुभयो । थारुहरुको कैयन किंवदन्तीहरू कथाहरु रहेका छन्, त्यो विज्ञान सम्मत नहुन पनि सक्छन् त्पयसलाई नि थप व्यवस्थित गर्दै अगाडि जाने बताउनुभयो ।
थारु सम्बद्ध विभिन्न संघसस्थाका प्रतिनिधिहरुले प्रतिवेदनमाथि सुझाव दिनुभएको थियो । ओम महतोले प्रतिवेदनलाई थप प्रभावकारी बनाउनका निम्ति स्थानीयलाई नै प्राथमिकता दिएर खोज र अनुसन्धान गर्नुपर्ने र त्यहाँका रैथाने मौलिक भाषालाई प्रयोग गर्नुपर्ने सुझाव दिनुभएको थियो ।
त्यसैगरी थारु कल्याणकारी सभाको महामन्त्री प्रेमीलाल चौधरीले प्रतिवेदनलाई थप प्रभावकारी बनाउनको निम्ति सबैले सहयोग गर्नु पर्ने बताउनु भएको थियो ।
थारु कल्याणकारी सभाको उपत्यका समितिका अध्यक्ष सुमन चौधरीले, दीपक चौधरी, निलम कुमारी चौधरी, नन्दुराज चौधरी लगायतले यस विषयमा सुझाव दिनुभएको थियो ।
Discussion about this post