नेपालमा ३० औं विश्व आदिवासी दिवस मनाइएको छ । काठमाडौंसहित देशैभरि जनजाती दिवस मनाइएको हो । सन् १९९४ देखि विश्व आदिवासी दिवस मनाउन सुरु गरिएको हो ।
नेपालमा विभिन्न कार्यक्रमहरु गरी आदिवासी दिवस मनाइएको छ । काठमाडौंमा नेपाल आदिवासी जनजाति महासंघको अगुवाईमा विश्व आदिवासी दिवस मनाइएको छ । रत्नपार्कदेखि झाँकी र्याली प्रज्ञा प्रतिष्ठानमा गएर सभामा परिणत भएको थियो । आदिवासी जनजातिहरुले मौलिक पोषाक सहित झाकी र्याली प्रदर्शन गर्नुभएको थियो ।
कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह जातिय संघ संस्थाका अध्यक्ष. प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
Discussion about this post