ललितपुरको बंगलामुखी मन्दिर नजिकै सोमबार बिहान आगलागी भएको छ ।
ललितपुर नगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार ग्यास लिक भएर आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
आज जात्राको दिन भएकाले भूइँतलामा जेरी, स्वारी पकाउने काम भइरहेको थियो । त्यहीबेला ग्यास लिक भएर आगलागी भएको बताइएको छ । आगलागी २५ जना नगर प्रहरी, ३ वटा दमकल १ पानी ट्यांकरको सहायतामा केहीबेरमै नियन्त्रणमा लिइएको थियो ।
Discussion about this post