विद्यार्थी जिवनमा हुदा हक अधिकार र अन्यायकाे बारेमा बाेलिदिने काेही थिएन तर अहिले थारु विद्यार्थी समाजले थारु विद्यार्थीमा बारेमा वकालत गर्दै आएकाेमा थारु विद्यार्थी समाजका संस्थापक अध्यक्ष रेशम चाैधरीले खुसि व्यक्त गर्नुभएको छ । साेमबार आयाेजीत थारु विद्यार्थी समाजकाे २९ आै स्थापना दिवस तथा विद्यार्थी सम्मान कार्यक्रममा पुर्व सांसद तथा थारु विद्यार्थी समाजका संस्थापक अध्यक्ष चाैधरीले विद्यार्थी जिवनमा आफुले गरेका संघर्षकालका कुरा सुनाउदै विद्यार्थीहरुले आफ्नो मेहनतलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
आफू विद्यार्थी जिवनमा हुदा थारु समुदायको पत्रिका ( जाेगनी ) प्रकाशकाे आधारमा सरकारले १ दिनकाे लागि कारागार चलान गर्दा पनि थारु विद्यार्थी र थारु समुदायको लागि आफु सदैव तत्पर रहने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा बाेल्ने अधिकाम्स वक्ताले तल्लो कक्षामा थारु विद्यार्थीकाे पढाइ संगै नतिजा राम्रो हुने तर माथिल्लो कक्षामा जादै गर्दा पढाइ संगै नतिजा समेत विग्रीदै जाने मुख्य समस्या रहेकाे कुरालाइ जाेड दिइएकाे थियो । जस्काे समाधानका लागि विद्यार्थी स्वयं , अभिभावक तथा शिक्षककाे समेत महत्त्वपूर्ण भुमिका रहने बताउनुभयो ।
कार्यक्रममा एसइइ मा उत्कृष्ट नतिजा ल्याउने ५३ जना , +२ तर्फ ३५ , स्नातक तहमा २० , डिग्री ३ , लेखापढी ११ र राष्ट्रिय खेलाडी ३ जना थारु विद्यार्थी लाई सम्मान गरिएको हाे ।
थारु विद्यार्थी समाज नवलपुरका जिल्ला अध्यक्ष सन्दिप महताेकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा थारु बुद्धिजीवी , थारु अगुवा , थारु विद्यार्थी , शिक्षक , समाजसेवी लगाएको उपस्थिति रहेकाे थियाे भने कार्यक्रम थारु राष्ट्रिय संग्रहालय अध्यन केन्द्र डण्डामा सम्पन्न भएकाे हाे ।
Discussion about this post