क्रोएसियामा १२ औं विश्व साहित्य महोत्सव सम्पन्न भएको छ । विश्व साहित्य महोत्सव क्रोएशियाको सबैभन्दा महत्त्वपूर्ण साहित्यिक उत्सव पनि हो । जो जाग्रेबमा आयोजना भएको थियो । यो क्रोएसियाली पब्लिशिङ हाउस फ्राक्टुराले आयोजना गरेको १२ औं महोत्सव संस्करण हो । सेप्टेम्बर १ देखि शुरु भएको महोत्सवले उत्कृष्ट स्थानीय र अन्तर्राष्ट्रिय साहित्यलाई एकै ठाउँमा ल्याउने र श्रोतालाई समकालीन लेखकहरूसँग अन्तरक्रिया गर्ने अवसर प्रदान गर्ने लक्ष्य लिएको थियो ।
Discussion about this post