शनिवार सम्पन्न जिल्ला स्तरीय भाेदी खेल प्रतियोगिताकाे उपाधि कावासाेती १२ ले हातपारेकाे छ ।
![](https://i0.wp.com/easykhabar.com/wp-content/uploads/2024/09/Bhodi.jpg?resize=800%2C450&ssl=1)
थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति नवलपुरकाे आयाेजनामा सम्पन्न जिल्ला स्तरीय भाेदि खेलमा डायमण्ड युथ सोसाइटी कावासोती १२ राजमन्दिर प्रथम भएकाे छ । यस्तै कावासाेती १२ कै असरा युवा क्लब दाेस्राे र नेस्नल युवा क्लब कावसोती १२ गैरीले तेस्राे स्थान हात पारेकाे हाे ।
प्रथम हुनेलाइ १२ हजार नगद र प्रमाणपत्र, दाेस्राे लाई १० हजार नगद र प्रमाणपत्र र तेस्रो हुने टिमलाई ८ हजार नगद र प्रमाणपत्र र सहभागी सम्पुर्ण टिमलाई सान्त्वना पुरस्कार प्रदान गरिएको छ ।
जिल्ला भरिका ७१ टिम सहभागी रहेकाे कार्यक्रममा खेलकुद परिषद गण्डकी प्रदेश सदस्य सचिव श्रीधर शर्मा प्रमुख अतिथिकाे रुपमा रहनुभएकाे थियो भने था.क.स केन्द्रीय सदस्य विरेन्द्र चौधरी ,राम चरन चौधरी , कावासोती नगर उप प्रमुख फुल कुमारी महतो लगाएत थारु अगुवा ,बुद्धिजीवी लगाएको कार्यक्रममा उपस्थिति रहेकाे थियो ।
थारु राष्ट्रिय संग्रहालय अध्यन केन्द्र कावासाेती १६ डण्डामा सम्पन्न भाेदी खेल प्रतियोगितामा था.क.स जिल्ला कार्यसमिति नवलपुरका अध्यक्ष राम प्रसाद महतोकाे अध्यक्षता रहेकाे थियो ।
Discussion about this post