राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले देश बनाउनका लागि ३६ हजारभन्दा बढी रवि लामिछानेहरु जन्माउनुपर्ने बताउनुभएको छ ।
शनिवार पार्टीको सिन्धुली–काठमाडौं सम्पर्क विभाग गठन कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति अर्यालले आफ्नो पार्टी सभापतिको नाम लिँदै देश बनाउनका लागि एउटा रवि लामिछानेले मात्रै नसक्ने बताउनुभएको हो । उहाँले देशलाई परिवर्तन गरी समृद्ध बनाउनका लागि हरेक वडामा रविहरुलाई जन्माउनुपर्ने बताउनु भयो । उहाँले देश बनाउनका लागि ३६ हजार १०७ जना रविहरु जन्माउनुपर्ने र आफूहरु त्यही अभियानमा लागेको बताउनु भयो । उहाँले रवि बन्नका लागि आचारसंहिताको पालना गर्नुपर्ने भन्दै सबैलाई आचारसंहिता पालना गरी संगठन निर्माणमा लाग्न आग्रह गर्नुभयो । उपसभापति अर्यालले आफूहरु पार्टी स्थापना गर्दाको संकल्पबाट विचलित नभएको भन्दै पार्टी स्थापनाको उद्देश्यमा कायम रहेको बताउनु भयो । उहाँले भ्रष्टाचार गर्नेलाई रास्वपामा कुनै ठाउँ नभएको स्पष्ट पार्नुभयो ।
उहाँले रास्वपामा पारिवारवाद पनि लागू नहुने भन्दै अन्य पार्टीहरु भन्दा धेरै कुरामा रास्वपा फरक भएको बताउनु भयो ।
Discussion about this post