कावासाेतीमा दाेस्राे नगर स्तरीय झमटा गित तथा नृत्य प्रतियोगिता हुने भनिएकाे छ । थारु कल्याणकारिणी सभा कावासाेती नगर कार्य समितिकाे आयाेजनामा दाेस्राे कावासाेती नगर स्तरीय झमटा गित तथा नृत्य प्रतियोगिता हुन लागेकाे हाे ।

थारु महिलाहरुकाे महान पर्व जितियाकाे अवसरमा यही भाद्रा २९ गते कावासाेती १० मगरकाेटमा झमटा गित तथा नृत्य प्रतियोगिता हुन लागेेकाे हाे ।
प्रतियोगितामा प्रथम हुने लाई नगद १७ हजार प्रमाणपत्र , दाेस्राे हुने लाई १३ हजार नगद र प्रमाणपत्र , तेस्रो लाई ९ हजार नगद र प्रमाणपत्र , सान्त्वना हुने २ टिमलाइ ४ /४ हजार नगद र प्रमाणपत्र साथै सहभागी सम्पुर्ण टिमलाई विशेष पुरस्कारकाे व्यवस्था रहेकाे आयाेजक समितिले जनाएको छ । यस्तै प्रतियोगितामा ऐतिहासिक गितलाइ प्राथमिकता दिइने छ भने एउटा टिममा १६ देखि २० जना सम्म सहभागी हुन पाउने नियम राखिएको छ । त्यस्तै ५ मिनेट प्रस्तुति समय राखिएको छ ।
Discussion about this post