राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मुल्यवृद्धि नियन्त्रणका लागि बजार अनुगमन गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।
अध्यक्ष लिङ्देनले चाडवाड नजिकिदै गर्दा सबै उपभोग्य वस्तुहरुको चर्को मूल्यवृद्धि भइरहेको बताउनुभएको हो । उहाँले सरकारले जनजिविका र जनताको समस्याहरुमा ध्यान केन्द्रित गर्न नसकेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै उहाँले मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले कडा रुपमा अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो – ‘अहिले तपसिलका विषयहरुमा सरकार केन्द्रित भइराखेको छ । जनजीविकाका विषयहरुमा, जनताका दैनिक समस्याहरुमा सरकारको ध्यान केन्द्रित हुन सकेको छैन मात्रै होइन, चाडवाडको मुखमा आएपछि विगतमा बढ्ने मूल्यवृद्धि भन्दापनि कयौँ गुणा मूल्यवृद्धि भएको छ । एउटा विषयमा, एउटा वस्तुमा मात्रै होइन । सरकारले यसमा कडा अनुमगन गरोस् । सरकारले उपभोक्ताको हितलाई ध्यान देओस् भन्ने म आग्रह गर्न चाहन्छु ।’
अध्यक्ष लिङदेनले सरकारले उपभोक्ताको हितलाई ध्यान दिनुपर्ने बताउनु भयो ।
Discussion about this post