राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन कायम गर्ने सन्दर्भमा भ्रष्टाचारजन्य कसुरको पहिचान गर्ने, अनुसन्धान सम्बन्धी कार्यलाई वैज्ञानिक, तथ्यपरक र नतिजामुखी बनाउने कार्य महत्वपूर्ण रहेको बताउनुभएको छ ।
आईतवार शितल निवासमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन बुझ्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आयोगको संस्थागत क्षमता विकास र कर्मचारीहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्दै आयोगका काम, कारबाहीलाई पारदर्शी र प्रभावकारी बनाउनु अति आवश्यक रहेको बताउनु भयो । उहाँले आयोगले प्रतिवेदनमा उल्लेख गरेका भ्रष्टाचार नियन्त्रण सम्बन्धी काम, कारबाहीहरु प्रशंसनीय रहेको बताउनु भयो । उहाँले अब यसलाई अझ सशक्त रुपमा लैजानुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले आयोगलाई आगामी दिनहरुमा नेपालको संविधान तथा प्रचलित कानून बमोजिमको जिम्मेवारी पूरा गर्न ससफलता मिलोस् भन्ने शुभकामना समेत दिनुभयो ।
उहाँले भन्नुभयो, ‘सुशासन कायम गर्ने सन्दर्भमा भ्रष्टाचारजन्य कसुरको पहिचान गर्ने, अनुसन्धान सम्बन्धी कार्यलाई वैज्ञानिक, तथ्यपरक र नतिजामुखी बनाउने कार्य बढी महत्वपूर्ण हुन्छ । यसका लागि आयोगको संस्थागत क्षमता विकास र कर्मचारीहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्दै आयोगका काम, कारबाहीलाई पारदर्शी र प्रभावकारी बनाउनु अति आवश्यक छ । आयोगले प्रतिवेदनमा उल्लेख गरेका र माननीय प्रमुख आयुक्तले उल्लेख गर्नुभएको भ्रष्टाचार नियन्त्रण सम्बन्धी काम, कारबाहीहरु प्रशंसनीय छन् । अब यसलाई अझ सशक्त रुपमा लैजानुपर्ने देखिन्छ । आयोगलाई आगामी दिनहरुमा नेपालको संविधान तथा प्रचलित कानून बमोजिमको जिम्मेवारी पूरा गर्न ससफलता मिलोस् भन्ने शुभकामना दिन्छु । प्रतिवेदनमा उठाइएका महत्वपूर्ण विषयहरुलाई नेपाल सरकारले प्रभावकारी रुपमा सम्बोधन गर्नेछ भन्ने मेरो विश्वास छ ।’
राष्ट्रपति पौडेलले प्रतिवेदनमा उठाइएका महत्वपूर्ण विषयहरुलाई सरकारले प्रभावकारी रुपमा सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
Discussion about this post