मकवानपुरमा भएको योङ इन्डिजिनिस्ट लिग (वाई.आई.एल) “हाई कमाण्ड” को तीन दिने बैठक शनिवार सम्पन्न भएको छ । भाद्र २७, २८, २९ गते सम्म चलेको बैठकमा बैठकमा (वाई.आई.एल)का चिफ कमान्डर सनम लिम्बुको अध्यक्षतामा हाई कमाण्डको बैठक बसेको थियो ।
एकलराष्ट्रिय राज्य औपनिवेशिकताद्धारा हुँदै आएको जातिय–संहार अन्त्य गर्दै वहुलराष्ट्रिय राज्य नेपाल उद्देश्य राखेर बैठक राखिएको आयोजकले बताएको छ । स्वदेशी राष्ट्रहरूलाई स्वशासन साथै आत्मनिर्णयको अनुभूति गराउनेछ । राज्यत्व प्राप्तिको लक्ष्य हासिल गार्नको लागि चार बिकल्प र चार तयारीलाई अगाडि बढाएको बताएका छन् ।
स्वदेशवाद, बहुल राष्ट्रिय राज्य र सामुदायिक समाजवाद स्थापनार्थ देशब्यापी रुपमा दृश्य र अदृश्य संघर्ष र बिद्रोहको कार्यक्रमहरु घोषणा गर्ने निर्णय गरिएको आयोजकले जानकारी दिएको छ । समसमायिक राजनीतिक लगायत समग्र देशको विविध विषयमा बैठक केन्द्रीत रहेर छलफल भएको भनेर (वाई.आई.एल) चिफ कमान्डर सनम लिम्बुले जानकारी दिनुभयो साथै उहाँले बैठकमा तीन महिनामा तीन कमान्ड अन्तर्गत २१ राष्ट्रिय बाहिनीहरुको निर्माण गर्दै ५ हजार युवा अग्रदस्ता (वाई.आई.एल) सदस्यहरुका उपस्थितिमा (वाई.आई.एल) पहिलो ऐतिहसिक राष्ट्रिय सम्मेलन गर्ने बताउनुभयो ।
Discussion about this post