पूर्वी नवलपरासीको डण्डामा संविधान दिवसको बिरोधमा थारु संघ संस्थाले प्रदर्शन गरेका छन् ।
थारुहरुले संविधान दिवसको बिरोधमा कालोपट्टी बाँधेर कालो झण्डासहित प्रदर्शन गरेका हुन् । थारुहरुले थारु कल्याणकारिणी सभा जिल्ला समिति नवलपरासी पूर्वको नेतृत्वमा बिरोध प्रदर्शन गरेको हो । डण्डा बजारमा उनीहरुले बिरोधमा नाराबाजी समेत गरेका थिए । बिरोधको क्रममा सहभागीहरुले यो विभेदपूर्ण संविधानले थारुको हक अधिकार संरक्षण नगरेको तथा सरकारले थारुको अधिकारको ग्यारेन्टी हुनेगरी संविधान संशोधन गर्न पनि अस्वीकार गरिरहेको भन्दै अपूर्ण संविधानको विरोधमा प्रदर्शन गरेको बताए ।
थारुहरुले नेपालको संविधानमा थारु, मधेसी, आदिवासी, जनजाती, दलित, महिला, मुस्लिम लगायत सबैको अधिकार सुनिश्चित हुनुपर्ने माग गरे ।
Discussion about this post