थारु कल्याणकारी सभाको स्थापना २००५ सालमा भएको हो । यसको इतिहास निकै लामो रहेको छ । ऐतिहाशिक कालखण्डमा थारुहरुको उत्थानका लागि स्थापना भएको हाे । यस संस्थाले विगतदेखि थारुहरुको सरोकारका विषयहरु सरकार र विभिन्न संघ संस्थाहरुसँग उठान गर्दै आएको रहेको छ ।
२०८१ मंसिर १, २ र ३ गते रुपन्देहीमा आयोजना हुने २३औं महाधिवेशनमा विभिन्न व्यक्तिहरु अध्यक्षको प्रत्यासीको रुपमा आफुलाई परिचय गराउँदै छन् । थारु कल्याणकारी सभाको सबैभन्दा ठूलो संस्था भएको हुँदा आफु अनुकुल हुने व्यक्तिहरू अध्यक्षको प्रत्यासी हुँ भन्दै खुला रूपमा देखिन थालेका छन् । ती अनुकूलतालाई मध्य नजर गर्दै थारु कल्याणकारिणी सभाको वर्तमान कार्यसमितिको महामन्त्री प्रेमीलाल चौधरी, सभासद रुक्मिणी थारु, लुम्बिनी प्रदेश सभाको सदस्य देवी प्रसाद चौधरी र थारु कल्याणकारिणी सभाको उपमहामन्त्री मिनराज चौधरी प्रत्यक्ष प्रत्यासीको रुपमा देखिनुभएको छ ।
थारु कल्याणकारी सभालाई थप व्यवस्थित बनाउन र युवाहरुलाई समेट्ने गरी उनीहरु संस्थाको भावी अध्यक्षको रुपमा चित्रित गरेको पाइन्छ। प्रेमीलाल चौधरीले आफू नै संस्थाको अध्यक्ष हुनुपर्ने एक मात्र व्यक्ति भएको चित्रण गरेका छन् । उनले थारुहरुको हकहितको लागि अहिलेसम्म निकै नै संघर्ष गरेको कुरा राख्दै आफू नै यस पदको लागि योग्य व्यक्ति भएको बताउनुभएकाे छ। उहाँको अनुसार थारु संघ संस्थामा निकै लामो समयदेखि काम गर्दै आइरहेको हुँदा आफूसँग अनुभव भएको र त्यसलाई परिष्कृत गर्नका लागि आफू नै थारु कल्याणकारिणी सभाको अध्यक्षको उम्मेदवारमा विजयी हुने कुरा व्यक्त गर्नु भएको छ ।
त्यसैगरी रुक्मिणी थारूले थारु आन्दोलनकै बलमा सभासद् भएको र थारुहरुको मुद्दा उठानका निम्ति सभासद हुँदा थुप्रै कामहरु गरेको उदाहरण दिँदै आफू नै योग्य भएको कुरा बताउनु भएको छ ।
त्यसैगरी देवी प्रसाद चौधरीले पनि योग्य उम्मेदवार भएको र आफूले नै जित्ने दाबी गर्नुभएको छ । उहाँ अहिले वर्तमान लुम्बिनी प्रदेश सभाको सांसद हुनुहुन्छ ।
त्यसैगरी मिनराज चौधरीले निकै लामो समयदेखि थारु कल्याणकारिणी सभामा काम गरेकाे, सभालाई थप व्यवस्थित बनाउनको निम्ति आफू नै योग्य उम्मेदवार रहेको बताउनुभएको छ । आफ्नो योगदानको कदर गर्दै मलाई नै देशैभरिबाट निर्वाचनमा सहयोग गर्ने हुनेछ भन्ने कुरा पनि उहाँले व्यक्त गर्नुभएको छ ।
Discussion about this post