प्रधान सेनापति अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी पाँच दिने भ्रमणको सिलसिलामा काठमाडौं आईपुग्नु भएको छ । पाँच सदस्यीय भ्रमणदलमा उहाँकी धर्मपत्नी तथा भारतीय सेनाको Army Wives Welfare Association (AWWA) की अध्यक्ष सुनिता द्विवेदी पनि सहभागी हुनुहुन्छ । उहाँहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेम ध्वज अधिकारी र उहाँकी धर्मपत्नीले स्वागत गर्नु भएको थियो ।
भ्रमणको क्रममा जनरल द्विवेदीलाई राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने विशेष समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।
उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ विस्तार एवं प्रगाढ पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
Discussion about this post