विराटनगर किङ्ग्सलाई एक विकेटले हराउँदै काठमाडौँ गुर्खाज नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ संघारमा उभिएको छ ।
त्रिवि मैदान कीर्तिपुरमा आइतबार जितका लागि एक सय १८ रनको सामान्य लक्ष्य पछ्याएको काठमाडौँले १८.१ ओभरमा नौ विकेटको क्षतिमा एक सय २० रन जोड्दै लक्ष्य पूरा गरेको हो ।
पराजित विराटनगर यसअघिनै प्लेअफ होडबाट बाहिरिसकेको छ । लिगमा सबै सात खेल सकेको काठमाडौँले आठ अङ्क बनाएको छ ।
Discussion about this post