थारु कल्याणकारिणी सभा यूएईले ११औ बार्षिक भेला, माघी/ खिचरी कार्यक्रम एवं थारु नयाँ बर्ष मनाउने भएको छ । २०२५ जनवरी १२ तारिखका दिन दुबई स्थिति एभरेस्ट क्लब अस्टोरिया होटेलमा दिउसो १२ बजे कार्यक्रम आयोजना हुने आयोजकले जानकारी दिएको छ ।
प्रत्येक वर्ष झै यस वर्ष पनि हर्षोल्लासकासाथ महोत्सव मनाउने आयोजकले बताएका छन् । एक दिन चल्ने यस महोत्सवमा दुबईमा रहेका थारु समुदायले हर्षोल्लासको साथ मनाउने आयोजक थारू कल्याणकारी सभा यूएई च्याप्टरले जनाएको छ ।
कार्यक्रममा थारु जातिका कलासंस्कृति, परिकार, संगीत एवं मनोरन्जनको कार्यक्रम गरिनेछ । नेपालबाट कलाकार राज कुस्मी, अन्नु चौधरी र लोकप्रिय गायक केशवराज महतोको साथै स्थानिय कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहने छ ।
कार्यक्रममा मिडिया पार्टनरमा लोकप्रिय अनलाईन पत्रिका इजीखबर डटकम लाई आयोजकले राखेको छ ।
Discussion about this post