निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) पर्साको अध्यक्षमा सरोज चौधरी निर्वाचित भएका छन् ।
आइतबार सम्पन्न प्याब्सन पर्साको १६ औँ अधिवेशनबाट साउथ जोन माध्यमिक विद्यालयका प्रधानाध्यापक चौधरी अध्यक्षमा निर्वाचित भएका हुन् ।
जम्मा खसेको ४८ मतमध्ये चौधरीले २६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जीवन ज्योति स्कुलका प्रधानाध्यापक शिवप्रसाद गुप्ताले २२ मत प्राप्त गरे । चार मतको झिनो अन्तरले चौधरीले प्याब्सन पर्साको नेतृत्व गर्ने अवसर पाएका छन् ।
Discussion about this post