काठमाण्डौको टुँडिखेलमा दुई दिने माघी महोत्सव हुने भएको छ । आज पत्रकार सम्मेलनमार्फत माघी महोत्सव–२०८१ मूल आयोजक समितिका संयोजक एवम् थारू कल्याणकारिणी सभाका अध्यक्ष प्रेमीलाल चौधरीले पुस २९ र माघ १ गते टुँडिखेलमा माघी महोत्सव मनाउने तयारी भएको जानकारी दिनुभयो ।
थारू समुदायको नयाँ वर्ष भएकाले थारू भाषा, संस्कृति र जनचेतनाका लागि दुई दिन महोत्सव मनाउने निर्णय गरेको उहाँको भनाइ छ । पहिलो दिन जिता मर्ना र रक्तदान कार्यक्रम तथा दोस्रो दिन माघी महोत्सव हुने भएको हो ।
माघी महोत्सवको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने गरी तयारी भइरहेको संयोजक चौधरीले जानकारी दिनुभयो ।
Discussion about this post