नेपाल समाजवादी विद्यार्थी युनियन बागमती प्रदेशको अध्यक्षमा हेमराज यादव चयन भएका छन् । त्रिभुवन विश्वविद्यालयको सिनास हलमा नेपाल समाजवादी विद्यार्थी युनियनको केन्द्रीय उपाध्यक्ष ओम महतोको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा निर्वाचित भएको हो ।
अधिवेशनमा अध्यक्षमा हेमराज यादव, उपाध्यक्षमा सुनिल धिताल र गोविन्द विष्ट, सचिवमा अनुज दाहाल लगायतका पदाधिकारीहरुको चयन भएको हो। एकाउन्न सदस्यीय बागमती प्रदेश समितिमा अन्य पदाधिकारी र सदस्यहरुको मनोनयन सगठनको बिधानअनुसार हुनेछ ।
नेपाल समाजवादी विद्यार्थी युनियनको फ्याक्सन इन्चार्ज रुपनारायण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा प्रचार प्रसार समितिका सदस्य रेकी गुरुङ. बागमती प्रदेशको सदस्य सिद्धिराम खाइजू, विद्यार्थी नेताहरु बलबहादुर रम्तेल, टंकप्रसाद धमला, साधुराम नेपाली, आस्था नेपाली लगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post