सामाजिक संजाल फेसबुकमा केटी साथीहरुलाई साथीको लागि रिक्योस्ट पठाई साथी बनी नजिक भई प्रेम जालमा पारी बिभिन्न बहानामा खिचिएका अश्लिल फोटो तथा भिडियोहरुको दुरुपयोग गरी Fake Facebook ID Create गरी उक्त फोटो तथा भिडियोहरु Public Post गरी सोहि फोटो तथा भिडियोहरु पीडितको आफन्तहरुलाई समेत पठाई चरित्र हत्या गर्ने कार्यमा संलग्न जिल्ला भक्तपुर, भक्तपुर नगरपालिका वडा नं. १४ बस्ने बर्ष २५ को सुसन चौगुठीले विद्युतिय कारोवार ऐन, २०६३ बिपरितको कार्य गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकोले निजलाई पक्राउ गरी विद्युतिय कारोवार ऐन, २०६३ बमोजिमको कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी नेपाल प्रहरी प्रधान कार्यालय, साईबर ब्यूरो, भोटाहिटी पठाईएको ।
Discussion about this post