मध्य तराईवासी थारू समुदायमा बणकी अतवार पर्व मनाइँदै छ। निराहार व्रत बसेर आइतबार र सोमबार दुई दिनसम्म यो पर्व मनाउन लागिएको हो। नवलपरासीमा धुमधामसँग यो पर्व मनाउने गरिन्छ।
थारू समुदायकाले सो पर्व मनाउँदै आएका छन्। मध्यरातमा दर खाएपछि पर्वको पहिलो दिन आइतबार आधा दिनसम्म निराहार व्रत बस्ने चलन रहेको छ। यसलाई थारु समुदायले डटकट भन्ने गर्दछन् ।
पर्वको दोस्रो दिन व्रतालुहरूले बिहान स्नान गरेर पूजाआजा गर्ने र घरमा बनाइएका मिठा मिठा परिकार खाने गर्दछन्। दोस्रो दिन व्रतालुहरूले सोमबार विहानतिर खोलामा स्नान पूजाआजा गरेर मात्र जल ग्रहणका साथै फलफूल, दुध, दही, चिउरा, खाने चलन रहेको छ । यसलाई थारू भाषामा ‘फरहर’ गर्ने भनिन्छ।
यो पर्व मनाए दाजुभाई, दिदीबहिनी बीच प्रेम, सद्भाव बढ्ने र रोगब्याधी नलाग्ने जनमानसमा विश्वास रहदै आएको छ ।
Discussion about this post