थारु कल्याणकारिणी सभा, चितवनको जिल्ला सभापतिमा दोश्रो कार्यकालिका लागि माडी बघौंडा गाउँ निवासी ललितकुमार चौधरी निर्वाचित हुनुभएको छ ।
१३औं जिल्ला अधिवेशनमा प्रतिद्वन्दी झलक महतो (बिर्जा) र साजन कुमार महतोलाई उछिन्दै चौधरी पुनः जिल्ला सभापति पदमा पुनर्निवाचित हुनुभएको हो । कुल १०६ मत खसेकोमा चौधरीले ४८ मत प्राप्त गर्नुभयो भने साजन महतो र झलक महतोले समान १९ मत प्राप्त गर्नुभयो ।
यस्तै उप-सभापतिमा पूर्ण चौधरी र भुवन चौधरी, उप-सभापतिमा कल्पना पावे र सचिव पदमा पत्रकार समेत रहनुभएका सन्तकुमार चौधरी चयन हुनुभएको छ । माडीका थारु महिला अगुवा रामपति गुरौ जिल्ला सदस्य पदमा निर्वाचित हुनुभएको छ ।
Discussion about this post