• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Wednesday, May 25, 2022
राशिफल
ENGLISH EDITION
YouTube
No Result
View All Result
EasyKhabar: Get News Easily
  • मुख्यपृष्ठ
  • समाचार
    • प्रदेश समाचार
    • राजनीति
    • शिक्षा
    • कृषि
  • अर्थ बजार
  • रोजगार
  • विज्ञान प्रविधि
  • पर्यटन
  • विश्व इतिहास
    शहीद दिवस

    शहीद दिवस

    गौतम बुद्ध : जन्म र नामकरण

    गौतम बुद्ध : जन्म र नामकरण

    महात्मा गान्धी: यसरी बनाइएको थियो हत्याको योजना

    महात्मा गान्धी: यसरी बनाइएको थियो हत्याको योजना

    घटस्थापना र यसको इतिहास

    घटस्थापना र यसको इतिहास

    जितिया पर्व र यसको महत्व

    जितिया पर्व र यसको महत्व

    पृथ्वीबाट डाइनसोर नै लोप हुनेगरी महाप्रलय भएको दिन

    पृथ्वीबाट डाइनसोर नै लोप हुनेगरी महाप्रलय भएको दिन

    गौरा पर्व ; एक प्राचीन कथा

    गौरा पर्व ; एक प्राचीन कथा

    कृष्ण जन्माष्टमी ; एक किंवदन्ती

    कृष्ण जन्माष्टमी ; एक किंवदन्ती

    गाईजात्रा: इतिहास

    गाईजात्रा: इतिहास

  • प्रवास
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • भिडियो
  • मुख्यपृष्ठ
  • समाचार
    • प्रदेश समाचार
    • राजनीति
    • शिक्षा
    • कृषि
  • अर्थ बजार
  • रोजगार
  • विज्ञान प्रविधि
  • पर्यटन
  • विश्व इतिहास
    शहीद दिवस

    शहीद दिवस

    गौतम बुद्ध : जन्म र नामकरण

    गौतम बुद्ध : जन्म र नामकरण

    महात्मा गान्धी: यसरी बनाइएको थियो हत्याको योजना

    महात्मा गान्धी: यसरी बनाइएको थियो हत्याको योजना

    घटस्थापना र यसको इतिहास

    घटस्थापना र यसको इतिहास

    जितिया पर्व र यसको महत्व

    जितिया पर्व र यसको महत्व

    पृथ्वीबाट डाइनसोर नै लोप हुनेगरी महाप्रलय भएको दिन

    पृथ्वीबाट डाइनसोर नै लोप हुनेगरी महाप्रलय भएको दिन

    गौरा पर्व ; एक प्राचीन कथा

    गौरा पर्व ; एक प्राचीन कथा

    कृष्ण जन्माष्टमी ; एक किंवदन्ती

    कृष्ण जन्माष्टमी ; एक किंवदन्ती

    गाईजात्रा: इतिहास

    गाईजात्रा: इतिहास

  • प्रवास
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • भिडियो
EasyKhabar: Get News Easily
  • समाचार
  • भिडियो
  • पत्रपत्रिका
  • अर्थ बजार
  • विश्व इतिहास
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • प्रवास
  • रोजगार
  • साहित्य

सन् २०२१ का चर्चित घटना: अमेरिकी संसदमा आक्रमणदेखि तालिबानको उदयसम्म

RSS RSS
January 2, 2022
A A
0
65
SHARES
70
VIEWS
Share on FacebookShare on Twitter

अफगान सुरक्षाकर्मीहरु र अमेरिकी नेतृत्वको नेटो बहुराष्ट्रिय सेनासँग हिंसात्मक युद्ध गरेको तालिबानले राजधानी काबुल विनारक्तपात कब्जा गरेको घटना सन् २०२१ को विश्वकै सर्वाधिक चासो र चर्चाको विषय बन्न पुग्यो । अगस्ट १५ मा तालिबानले सत्ता कब्जा गर्न लागेको अनुमान अमेरिकीहरुले पनि बढीमा महिना दिनअघि मात्र गरेका थिए । अमेरिकाले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने निर्णय गरेकाले अबका केही हप्तामै तालिबानहरुले काबुल कब्जा गर्न सक्छन् भनेर त पेन्टागनले भन्यो तर त्यतिबेला तालिबानहरुबाट अफगान सत्ता जोगाउने काममा भने ढिला भइसकेको थियो ।

नवनिर्वाचित पदाधिकारीको विजय र्याली मनाउन रुपनी गाउँपालिकाको विदाको सर्वत्र विरोध

नवनिर्वाचित पदाधिकारीको विजय र्याली मनाउन रुपनी गाउँपालिकाको विदाको सर्वत्र विरोध

May 23, 2022
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन समाजवादी विद्यार्थी युनियनको माग

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन समाजवादी विद्यार्थी युनियनको माग

May 23, 2022

करिब दुई दशकसम्म अमेरिकी सेनाका विरुद्धमा लडेको तालिबानले दिनप्रतिदिन नयाँ नयाँ सहरहरु कब्जा गर्दै गएपछि अमेरिकी सेनाले पनि बलजफ्ती गरेन, गर्न पनि सकेन । देशका अधिकांश भूभाग कब्जामा लिएका तालिबान विद्रोहीले अगष्ट १४ को राति काबुल घेराबन्दी गरे र अगष्ट १५ दिन त यहाँको सत्तामाथि विजय गरेको घोषणा गरे । देशमा रक्तपात हुनसक्ने अवस्था बढ्दै गएको आँकलन राष्ट्रपति असरफ घानीले गर्नुयभो र उहाँसहित उच्च अधिकारीहरूको सत्ता छोडिदिने निष्कर्षसहित राष्ट्रपति घानी पनि सत्ता त्यागेर विदेश पलायन हुनुभयो । तालिबानले विनारक्तपात राष्ट्रपति भवन कब्जा गरेपछि लडाइँ सकिएको घोषणा गर्दै अब भने जनजीवन सामान्य बनाउने र हिंसा हुन नदिने प्रयासतर्फ लागे ।

यो घटनाले फेरि एकपटक सत्ता कब्जा के हो र हतियारले सत्ता कसरी कुनै पनि देशको सत्तामाथि कब्जा हुन्छ भन्ने जानकारी अहिलेको पुस्तालाई राम्रैसँग जानकारी दिलायो । अमेरिकाले हात झिकिदिएपछि यता स्वदेशी सेनाले भने तालिबानसँग कुनै पनि प्रतिकार गरेन । तर अमेरिका भने यो परिणाम आउने अनुमानमा नरहेको विश्लेषणहरु आए । किनभने राष्ट्रपति डोनाल्ड ट्रम्पले जसरी अफगानिस्तानबाट सेना फिर्ता गर्ने नीति घोषणा गर्नुभयो त्यतिबेलाको अनुमान अब अफगान सेनाले नै देशको सत्ताको रक्षा गर्न सक्छ भन्ने थियो । पछि लगत्तै जो बाइडेन आएपछि भने यता तालिबानहरुले देशका विभिन्न भागमा बल देखाउन थालिसकेका थिए । उनीहरुले दिन प्रतिदिन नयाँ स्थान र शहरहरु कब्जा गरेका समाचारअरु आउन थालेपछि उता पेन्टागनले पनि अनुसन्धान थाल्यो । त्यस लगत्तै पेन्टागनको निष्कर्ष आयो– अब तालिबानहरु केही हप्तामै काबुल कब्जा गर्दैछन् ।

अमेरिकी नेतृत्वको बहुराष्ट्रिय सेनाले अफगानिस्तानमा २० वर्षसम्म तालिबानविरुद्ध लडाइँ लड्यो । तर २० वर्षे लडाइले तालिबान पराजित भएनन् । त्यसो त अमेरिकी पहलमा संयुक्त राष्ट्रसंघले पनि विभिन्न चरणमा वार्ता गरी तालिबानलाई राजनीतिको मूलधारमा ल्याउने प्रयास नगरेको भने होइन । त्यसका लागि तालिबानहरुले राखेका सर्तस्वरुप नै अमेरिकाले आफ्नो सेना फिर्ता गरेको हो । तालिबानले नेटो सेना फिर्ता भएलगत्तै यता आफ्नो शक्ति सञ्चय थाले । आखिर त्यही शक्तिको आडले सत्तामा कब्जा जमाउन सफल भए ।

जसरी सन् २००१ को ट्वीन टाउर आक्रमणपछि अमेरिकाले थालेको आतंकवाद विरुद्धको लडाईँमा विश्व इस्लामहरुको पक्ष र विपक्षमा गरी दुई ध्रुवमा विभाजन भएको थियो ठीक त्यसैगरी तालिबानले अफगानिस्तान कब्जा गरेपछि पनि विश्व दुई धु्रवमै विभाजन भएको छ । अमेरिकाले आफ्नो सेना फिर्ता गर्नु हुन्थ्यो कि हुदैनथ्यो भन्नेमा विश्व विभाजित भयो । कतिले दुई दशकअघि अमेरिकी सेना अफगानिस्तानमा छिर्नु नै ठिक थिएन भने भने अरु कतिले अमेरिकी सेनाले यतिका लामो समयसम्म पनि अफगानिस्तानमा शान्ति कायम गर्न नसक्लाको यो परिणाम हो भन्ने तर्क गरे । उनीहरु अमेरिकाले यस देशको अवस्थालाई यो हालतमा पु¥याएर सेनाले छोडेर हिँडेको भनेर पनि टिप्पणी गरे । यो चर्चाले यस वर्षको उत्तराद्र्धतिर निकै नै चर्चा पायो । तर जेसुकै भए पनि सन् १९९४ मा औपचारिक रूपमा मुल्लाह मोहमद ओमरले स्थापना गरेको तालिबान समूहले त्यस यता अफगानिस्तानको सत्ता दुई पटक सम्म कब्जा गर्न भने सफल भयो । यसअघि सन् १९९६ मा र अहिले । यो समूहका संस्थापक ओमरको सन् २०१३ मा मारिएका छन् ओमरपछि आएका मुल्लाह अख्तर मन्सुर पनि सन् २०१६ मा अमेरिकी ड्रोन हमलामा मारिएका छन् । यतिखेर मौलावी हिबातुल्लाह आखुन्जदा तालिबानको नेतृत्वमा अफगानिस्तानको सत्ता चलेको छ ।

अहिले अफगानिस्तान कस्तो छ रु धेरैलाई यो अवस्था किन थाहा छैन भने अहिले अफगानिस्तान बन्द छ । अघिजस्तो खुला छैन । तालिबान सरकारलाई विश्वले औपचारिक मान्यता दिन मानेको पनि छैन । जस्तो कि सन् २०२१ को संयुक्त राष्ट्रसंघको महासभामा नै तालिबान सरकारको उपस्थिति स्वीकारिएन । हुनत उनीहरु समयसापेक्ष आफूहरु चल्ने र आधुनिक र नारी शिक्षालाई पनि स्वीकार गर्ने भनिरहेका छन् तर पनि यस मान्यताभित्र खुला शिक्षा र नारी अधिकारको बहसले मान्यता पाउन सकेको छैन । देश आर्थिक रुपमा जर्जर बन्दैछ भने तालिबानी पुरातनपन्थी विचारको बाहुल्यता कायमै छ ।
तालिबानलाई सहयोग गर्न विश्व समुदायले भनिरहेको छ, उता तालिबानहरु पनि सहयोगलाई खुला गर्न भनिरहेका छन् तर राजनीतिक रुपमा मान्यता पाउन नसकेको सरकारप्रति दाताहरुको हात माथि पर्न सकेको अवस्था देखिँदैन । यसरी नै चलिरहेको छ तालिबान अहिले । सत्ता कब्जाका बेला उनीहरुले विदेशी नागरिकलाई सकुशल स्वदेश फर्किन दिने र विश्व समुदायसँग मिलेरै समयानुकुल सत्ता सञ्चालन गर्ने भनाइबाट भने यस देश संकटमा पर्न नपाउने अनुमान धेरैको थियो । यही आशा र अबको तालिबानी सत्ता कस्तो हुन्छ भन्ने चर्चामै बित्यो सन् २०२१ । सबैले सहयोग गरौँ त भनिरहेका छन् तर जाडोका लागि केही लत्ता कपडा र खाद्यान्न बाहेकको सहयोग अफगानिस्तानले पाउन सकेको जस्तो भने देखिँदैन ।

त्यसो त वर्षको सुरुआतले पनि एक प्रकारको अकल्पनीय र अमिल्दो सत्ता कब्जाको अभ्यासको महसुस यो विश्वले ग¥यो । हुनत यसलाई कहीँ कतै कब्जाको शैलीका रुपमा प्रष्ट्याइएको छैन, तर पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले वर्षको सुरुआतमै अर्थात् जनवरी ६ मा अमेरिकी संसद भवन क्यापिटल हिलमै पुगेर गरेको आक्रमण यो तीतो अनुभवनको एक दृष्टान्त बनेर सन् २०२१ को क्यालेन्डरभित्रै परेको छ । अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनको विजयलाई संसदको संयुक्त सत्रले प्रमाणीकरण गर्ने कार्यक्रम थियो त्यसैदिन । त्यस कार्यक्रमको व्यापक तयारी चलिरहँदा यता ट्रम्प समर्थकहरु संसद भवनभित्रै छिरे र तोडफोड नै सुरु गरे । उनीहरु संसद भवनभित्रै पसेर यसरी हमला गरेका थिए कि त्यसरी त तालिबानहरुले पनि सत्ता कब्जा गरेका थिएनन् । यसको अर्थ यो होइन कि तालिबानहरु आक्रामक होइनन् । तर उनीहरुले सत्ता कब्जा गरेको दिनको मात्र कुरा गर्ने हो भने काबुल बरु शान्त नै देखियो ।

ट्र«म्प समर्थकको उक्त कार्यले एक प्रकारले भन्ने हो भने अमेरिकी प्रजातन्त्रको मुटुमै आक्रमण भएको थियो । यही व्याख्यासहित सर्वत्र आलोचना पनि भयो । यसकारण राष्ट्रपति ट्रम्पमाथि सत्ताविद्रोहको प्रयत्न गरेको आरोप समेत लाग्न पुग्यो । राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली भएको दाबी गर्दै रिपब्लीकन सांसदहरुलाई पटकपटक जो बाइडेनलाई प्रमाणीकरण नगर्न अनुरोधसमेत गर्नुभयो । तर ट्रम्पको अनुरोधलाई बेवास्ता गर्दै सांसदहरुले दिनभरको रस्साकस्सीपछि साँझ पुनः प्रमाणीकरणको कार्यलाई अघि बढाए र गरे ।

अमेरिकाको इतिहासमा नै पहिलो पटक उहाँमाथि दुई दुई पटक महाभियोग दर्ता पनि भए र कंग्रेसले पास पनि ग¥यो । आफूले सत्ता छोड्नुअघि आफ्ना कार्यकालमा गरेका राम्रा कामको जस लिने तयारी गर्नुपर्ने बेला उहाँ महाभियोग र आफ्नै पार्टीका सांसदको समेत विरोधको सामना गर्दै हुनुहुन्थ्यो । यी यावत कारणहरुले गर्दा उहाँको आलोचना देशभित्र मात्र सीमित रहेन कि प्रजातान्त्रिक पद्धतिको उदाहरण दिने गरिएको विश्व समुदायले नै अमेरिकासँग प्रश्न नै गर्यो ।

यहाँसम्म कि देशका वरिष्ठ सैन्य अधिकारीहरुले समेत विज्ञप्ति नै प्रकाशन गरेर हिंसाको विरोध गरे । उनीहरुले नागरिकले निर्वाचित गरेको नेतृत्वको आदेशलाई सदैव पालना गर्दै आएको र २५० वर्षदेखिको संविधान र अमेरिकी जनताले सैन्य फोर्सलाई विश्वास गर्दै आएको समेत स्मरण गराए । सायद यिनै र विश्व समुदायको व्यापक आलोचनाका कारण हुनसक्छ ट्रम्प नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथमा पनि आउनु भएन । यो पनि अमेरिकी इतिहासकै एक दुर्लभ घटनाका रुपमा विश्वव्यापी रुपमा चासो र चर्चाका रुपमा रह्यो ।

सन् २०२१ को पूर्वाद्धको अमेरिकी राजनीतिको यो दृष्टान्त र वर्ष उत्तराद्र्धको तयारीतर्फ लाग्दैगर्दा अफगानिस्तानमा भएको तालिबानको उदयका यी दुई घटना नै विश्व राजनीतिका चर्चित घटनाका रुपमा रहे । यसबाहेक अघिल्ला वर्षहरुमा प्रायः चर्चाको शिखरमै रहने उत्तर कोरियाली नेताको चर्चा यसवर्ष त्यति सुनिएन । शक्तिशाली आणविक परीक्षण गर्ने र कहिले त अमेरिकासम्म आक्रमण गर्ने धम्की दिने गरेका उत्तर कोरियाली नेता किम जोङ उनका क्रियाकलापमा यसवर्ष भने कमी आयो ।

करिब १६ वर्षसम्म सत्तामा रहेकी जर्मन चान्सलर एंगिला मार्किलको बहिर्गमन पनि सन् २०२१ को उत्तराद्र्धको एक चर्चित विषय हो । लामो समय चर्चामा रहेकी, युरोपेली युनियनबाट बेलायत बाहिरिँदाका घटनाक्रमहरुका साथै युरोपमा आप्रवासी समस्याका बारेमा समेत प्रायः चर्चामा आइरहने मार्किलले लामो समयपछि सत्ता परित्याग गर्दा युरोपमा मात्र नभएर विश्वमा नै चर्चा चलेको थियो ।

Related Posts

नवनिर्वाचित पदाधिकारीको विजय र्याली मनाउन रुपनी गाउँपालिकाको विदाको सर्वत्र विरोध

नवनिर्वाचित पदाधिकारीको विजय र्याली मनाउन रुपनी गाउँपालिकाको विदाको सर्वत्र विरोध

May 23, 2022
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन समाजवादी विद्यार्थी युनियनको माग

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन समाजवादी विद्यार्थी युनियनको माग

May 23, 2022
युक्रेनलाई तीन पक्षबाट एक लाखभन्दा बढी रुसी सेनाले घेरा हाले

किएभले भूभाग त्यागेर रुससँग युद्धविराम सम्झौता नगर्ने

May 23, 2022
आज मात्रै ८८५ मा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा थप ६ जनामा कोरोना पुष्टि

May 22, 2022
 छैठौं भक्तपुर औधोगिक महोत्सब भव्यताको साथ सम्पन्न

 छैठौं भक्तपुर औधोगिक महोत्सब भव्यताको साथ सम्पन्न

April 18, 2022
विवेकशील साझाको दुई-तिहाइ बहुमतद्वारा “मार्ग परिवर्तन” दस्ताबेज पारित

विवेकशील साझा पार्टीले गठन गर्‍यो प्रवक्ता पाठकको संयोजकत्वमा निर्वाचन परिचालन समिति

April 14, 2022
षड्यन्त्रपुर्वक लादिएको धर्मनिरपेक्षता स्वीकार्य हुदैन : पूर्व प्रधानन्यायाधीश पराजुली

षड्यन्त्रपुर्वक लादिएको धर्मनिरपेक्षता स्वीकार्य हुदैन : पूर्व प्रधानन्यायाधीश पराजुली

April 13, 2022
वनस्पतिको संरक्षण समृद्धिको आधार : मुख्यमन्त्री राउत

वनस्पतिको संरक्षण समृद्धिको आधार : मुख्यमन्त्री राउत

April 12, 2022
More Posts

Discussion about this post

Explore the EASYKHABAR

सूचना विभाग दर्ता. नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया प्रा. लि.
सम्पादक: ओम संग्राम

Follow us

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2022 Copyright Access Media Pvt. Ltd. All rights reserved. Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

No Result
View All Result
  • मुख्यपृष्ठ
  • समाचार
  • अन्तराष्ट्रिय
  • प्रदेश समाचार
  • विज्ञान प्रविधि
  • रोजगार
  • विश्व इतिहास
  • पत्रपत्रिका
  • अन्तर्वार्ता
  • अर्थ बजार
  • खेलकुद
  • जीवनशैली
  • पर्यटन
  • कृषि
  • प्रवास
  • मनोरन्जन
  • राजनीति
  • विचार
  • साहित्य
  • स्वास्थ्य
  • भिडियो

©2014-2022 Copyright Access Media Pvt. Ltd. All rights reserved. Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist