यहि वैशाख ११ गतेभित्र काठमाडौँवासीले मेलम्चीको पानी पिउने खानेपानी मन्त्री उमाकान्त चौधरीले बताउनुभएको छ । आज उहाँले काठमाडौँ उपत्यका खानेपानी व्यवस्था बोर्डको १७औं वार्षिकोत्सवको अवशरमा आयोजित कार्यक्रममा उक्त कुरा बताउनुभएको हो ।
उहाँले ओली सरकारले तत्कालिन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईलाई मेलम्ची पानीको श्रेय दिन नचाहेको भन्दै दुख ब्यक्त गर्नुभयो । यो भन्दा पहिलाको सरकारले सन्त नेता तथा तत्कालिन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई नै मेलम्ची खानेपानी योजनाको योजनाकार रहेको भन्दै उहाँलाई बिर्सिन नसकिने बताउनुभयो ।
ओली सरकारले जनतामा भ्रम छर्न हतारहतार उद्घाटन गरेको भन्दै त्यसले गर्दा नै मेलम्चीमा ठुलो क्षति पुगेको बताउनुभयो ।
मेलम्चीको पानी चैत्र २९ गते पथान्तर गरेको भन्दै त्यसले उपत्यकामा पानीको केहिहद समस्या समाधान हुने बताउनुभयो । हामी दिनरात उपत्यकामा पानी ल्याउन मिहिनेत गर्दैछौं विगत जस्तो गल्ति हुँदैन वैशाख ११ गते आम उपभोक्ताको घरघरमा पानी पुग्ने बताउनुभयो ।
मैले बिगतको सरकार जस्तो मेलम्चीमा राजनीति गर्ने छैन , चुनाव आएर पनि काम गरेको होइन, काम त चुनाव घोषणा अघि नै सुरु गरेको भन्दै मेलम्चीको पानीलाई लिएर भ्रम छर्न नहुने बताउनुभयो ।
Discussion about this post