रुपनी गाउँपालिकाको नवनिर्वाचित पदाधिकारीको विजय र्याली मनाउन सार्वजनिक विदा दिएको बिषयमा निकै चर्को आलोचना भएको छ । सो पालिकाले जेठ ९ गते सार्वजनिक विदा दिएको थियो ।
सामाजिक संजालमा उक्त पालिकाको निर्णय गणतन्त्रको उपहास गरेको आरोप लागेको छ । आमनागरिकले अझैपनि गणतन्त्रको महसुस हुन नपाएको भन्दै चर्को आलोचना गरिएको छ ।