थारू समुदायको लोकप्रिय ‘खिचरी पर्व’ यस वर्ष पनि काठमाडौँमा विशेष रूपमा मनाइदै छ । तराई क्षेत्रका केही खास जिल्लामा बसोबास गर्ने थारू समुदायको यस पर्वले काठमाडौँ उपत्यकावासीलाई पनि तान्दैछ । विगतमा जस्तै यस वर्ष पनि थारू अगुवाले टुँडिखेलमा थारू राष्ट्रिय खिचरी महोत्सव–२०८० आयोजना गरेका छन् ।
विशेष गरी थारू समुदायले मनाउने यो पर्वमा पछिल्लो समय जातजाति पनि आकर्षित भएको पाइन्छ । खिचरी पर्वमा पाक्ने परिकार र थारू पहिरनप्रति संस्कृतिप्रेमी पनि आकर्षित भएका छन् । खिचरीमा विशेषतः चिचर, घोँगी, माछा, गँगटा, घ्यू, भत्कुन जस्ता परिकार खाने चलन छ ।
यस वर्ष खिचरी पर्व यही पुस २९ र माघ १ गते मनाउन लागिएको थारू कल्याणकारीसभाका महामन्त्री प्रेमीलाल चौधरीले बताउनुभयो । सो कार्यक्रमको उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निमन्त्रणा गरेको जानकारी दिनुभयो ।
Discussion about this post