डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले आगामी वैशाखमा १५ गते इलाम–२ मा हुने उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं थेगिमलाई समर्थन गर्ने निर्णय गरेको छ ।
नेसपाका प्रवक्ता कृष्ण शर्माले शुक्रबार एक विज्ञप्ति जारी गर्दै परम्परागत राजनीतिक दलहरूको सिण्डिकेट, सत्तास्वार्थ र संसदीय राजनीतिको चंगुलबाट मुलुकलाई निकाल्न थेगिमलाई गरेको समर्थनले इँटा थप्ने जनाएका छन् ।
नेसपाले पहिचान र सामर्थ्य सहितको संघीयता, सुशासन, समुन्नत समाजवादको लागि थेगिमलाई समर्थन गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
विज्ञप्तिमा भनिएको छ,‘समतामूलक समृद्धि, पहिचान र सामार्थ्यसहितको संघीयता, सुशासन/सदाचार, राष्ट्रिय स्वाधिनता र समुन्नत समाजवादका पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमलाई मतदान गरी विजयी गराउन सम्पूर्ण मतदाताहरूमा हाम्रो पार्टी हार्दिक आव्हान गर्दछ ।’
Discussion about this post