• Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy
Wednesday, May 6, 2026
EasyKhabar
No Result
View All Result
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
No Result
View All Result
EasyKhabar
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

EasyKhabar by EasyKhabar
January 16, 2026
in समाचार, प्रवास, मुख्य समाचार
0
A A
0

लन्डन । थारु कल्याणकारी सभा युकेको आयोजनामा माघी (खिचरी, खिचडी, खिचरा, खिचडा, तिला सकारा, माघी, माघ) पर्व तथा थारु नयाँ वर्ष २६४९ लन्डनमा भव्य रूपमा मनाइएको छ।

बुधबार लन्डनस्थित होटल हिल्टन गार्डेन इनमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले प्रवासमा रहेर पनि आफ्नो भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय थारु युवाप्रति हार्दिक बधाई तथा धन्यवाद व्यक्त गरेका थिए।

उनले छ वर्षअघि बर्दियास्थित थारु होमस्टेमा बसेको स्मरण गर्दै थारु समुदायको आतिथ्य, अनुशासन र सहयोगी संस्कार अनुकरणीय रहेको बताए। साथै बेलायतस्थित थारु समुदायसहित सबै नेपाली समुदायलाई दूतावासको तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाए।

कार्यक्रममा एनआरएनए युकेका अध्यक्ष राजेन्द्र पुडासैनी, आदिवासी जनजाति महासंघ युकेको उपाध्यक्ष बिमला राई, सल्लाहकार भानुभक्त राई, तमु धिं युकेका अध्यक्ष जुम काजी गुरुङ, तमु पे ह्ले संघ युके अध्यक्ष क्याप्टेन डेम बहादुर गुरुङ, मगर संघ युकेको युवा बिभाग अध्यक्ष दिपक माइथाने मगर, आदिवासी जनजाति महासंघ पोर्तुगलको पूर्व उपाध्यक्ष सबिन रोका मगर, प्रतिभा नक्षत्रको अध्यक्ष राजेन्द्र खस,  किरात राई यायोख्या युके तथा युरोपलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा कलाकारहरूले थारु सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । सांस्कृतिक कार्यक्रमले हल नै गुञ्जायमान बनाएको थियो ।

कार्यक्रममा अतिथिहरूलाई टोकन अफ लभ प्रदान गरिएको थियो। साथै चिचर, ढीक्री, हाँसको मासु, माछा, तिलको लड्डुलगायत परम्परागत थारु परिकारमार्फत स्वागत गरिएको थियो।

थारु कल्याणकारी सभा युकेका अध्यक्ष कवि कुसुम्याले बेलायतमा बसोबास गरिरहेका थारु युवालाई एकताबद्ध गर्दै थारु भाषा, संस्कृति र पहिचानको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले माघी पर्वको शुभकामना व्यक्त गर्दै सहभागी, कलाकार तथा प्रायोजकहरूलाई धन्यवाद दिए।

कार्यक्रममा बेलायतभरि बसोबास गर्ने थारुहरुको परम्परागत थारु पोशाकमा उपस्थिति रहेको थियो ।

यो पर्वलाई नेपालमा ठाउँअनुसार खिचरी, खिचडी, खिचरा, खिचडा, तिला सकारा, माघी, माघ पनि भन्ने गरिन्छ।

Share this:

  • Email a link to a friend (Opens in new window) Email
  • Print (Opens in new window) Print
  • Share on WhatsApp (Opens in new window) WhatsApp
  • Post
  • Share on Threads (Opens in new window) Threads
  • Share on Telegram (Opens in new window) Telegram
  • Share on Tumblr
  • Share on Mastodon (Opens in new window) Mastodon
  • Share on Reddit (Opens in new window) Reddit
  • Share on Nextdoor (Opens in new window) Nextdoor
  • Share on Bluesky (Opens in new window) Bluesky

Like this:

Like Loading...

Related Posts

जनकपुरधामलाई संरक्षित क्षेत्र बनाउने पहल सुरु
प्रदेश

जनकपुरधामलाई संरक्षित क्षेत्र बनाउने पहल सुरु

May 5, 2026
दुबईमा २५७०औँ बुद्ध जयन्ती भव्य रूपमा सम्पन्न
प्रवास

दुबईमा २५७०औँ बुद्ध जयन्ती भव्य रूपमा सम्पन्न

May 5, 2026
लिपुलेक विवादमा नेपाल सक्रिय, भारत–चीनलाई औपचारिक पत्र
मुख्य समाचार

लिपुलेक विवादमा नेपाल सक्रिय, भारत–चीनलाई औपचारिक पत्र

May 4, 2026
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने व्यवस्था खारेज
विशेष समाचार

अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने व्यवस्था खारेज

May 4, 2026
चित्रमार्फत अपाङ्गता भएका व्यक्तिमाथि जलवायु परिवर्तनको असरबारे सचेतना कार्यक्रम
समाचार

चित्रमार्फत अपाङ्गता भएका व्यक्तिमाथि जलवायु परिवर्तनको असरबारे सचेतना कार्यक्रम

May 2, 2026
बहुमतको अहंकार नदेखाउन गगन थापाको चेतावनी
विशेष समाचार

बहुमतको अहंकार नदेखाउन गगन थापाको चेतावनी

May 2, 2026
आज विश्व मजदुर दिवस
विशेष समाचार

आज विश्व मजदुर दिवस

May 1, 2026
विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट
मुख्य समाचार

विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट

April 29, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    0 shares
    Share 0 Tweet 0
  • पोर्चुगलमा थारु माघी उत्सव २०२६ आयोजना हुँदै

    0 shares
    Share 0 Tweet 0
  • लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

    0 shares
    Share 0 Tweet 0
  • बेलायतमा माघी महोत्सव आयोजना हुने

    0 shares
    Share 0 Tweet 0
  • कर्णाली समाज यूकेद्वारा मानसिक स्वास्थ्यसम्बन्धी मोटिभेसनल सेमिनार आयोजना गर्ने

    0 shares
    Share 0 Tweet 0
  • Regd. No. 861/074-075
  • Editor-in-Chief: Res. Om Sangram
  • +977 9849669768
  • easykhabaronline@gmail.com
  • Access Media Pvt. Ltd.
  • accessmedianepal@gmail.com

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

%d