Tuesday, April 28, 2026
EasyKhabar
No Result
View All Result
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
No Result
View All Result
EasyKhabar
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

EasyKhabar by EasyKhabar
April 27, 2026
in शिक्षा, साहित्य
0
A A
0
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नाराका साथ ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम राजधानीमा भव्य रूपमा सम्पन्न भएको छ।

हाम्रो बालापन नेपालका अध्यक्ष मथुरा थापाद्वारा लिखित उक्त पुस्तक कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधिसभा सदस्य डा. धनञ्जय रेग्मीद्वारा औपचारिक रूपमा विमोचन गरिएको हो।

कार्यक्रममा अभिभावक, शिक्षाविद्, मनोविद् तथा विभिन्न सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

विमोचित पुस्तक ‘कोमल अभिभावकत्व’मा बालबालिकालाई माया, ममता, स्नेह र सकारात्मक व्यवहारमार्फत कसरी हुर्काउने भन्ने विषयलाई व्यावहारिक तथा अनुभवजन्य ढंगले प्रस्तुत गरिएको जनाइएको छ।

कार्यक्रममा बोल्दै डा. रेग्मीले बालबालिकाको मानसिक स्वास्थ्यप्रति सचेत रहन अभिभावकलाई आग्रह गर्नुभयो। उहाँले सामान्य तनावले पनि बालबालिकाको मानसपटलमा गम्भीर असर पार्न सक्ने उल्लेख गर्दै उनीहरूप्रति सधैं स्नेह र सकारात्मक व्यवहार आवश्यक रहेको बताउनुभयो।

त्यसैगरी, मनोविद् डा. गंगा पाठकले बालबालिकाको भावनात्मक विकासमा अभिभावकको व्यवहार निर्णायक हुने धारणा राख्नुभयो। उहाँले डर, दबाब वा कठोर व्यवहारभन्दा पनि सहानुभूति, संवाद र समझदारीमार्फत बालबालिकालाई मार्गदर्शन गर्नुपर्नेमा जोड दिनुभयो।

साहित्यकार डा. बिदुर चालिसेले पुस्तकले अभिभावकलाई बालबालिकासँग व्यवहार गर्ने सही तरिका सिकाउने विश्वास व्यक्त गर्दै यसलाई उपयोगी कृतिको रूपमा व्याख्या गर्नुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष उमिदप्रसाद बागचन्द, प्रेस काउन्सिलका सदस्य शान्तराम बिडारी, महासंघका अध्यक्ष शोभा अर्याल तथा प्याब्सन ललितपुरका अध्यक्ष अर्जुन महर्जनलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

लेखिका मथुरा थापाले बालबालिकाको क्षेत्रमा लामो समयदेखि संलग्न रहँदा प्राप्त अनुभवलाई पुस्तकमा समेटिएको बताउनुभयो। देशका विभिन्न स्थानमा देखिएका अभिभावक–बालबालिका सम्बन्धी व्यवहारिक समस्या, चुनौती र समाधानका उपायहरू पुस्तकमा समावेश गरिएको उहाँको भनाइ थियो।

कार्यक्रममा समाजसेवा, पत्रकारिता तथा शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो। जसमा डा. गंगा पाठक, पत्रकार प्रकाश सिलवाल तथा फोटा पत्रकार पासाङकाजी शेर्पालगायत रहेका छन्।

आयोजकका अनुसार यस्ता कार्यक्रममार्फत अभिभावक शिक्षा, बाल अधिकार र बालमैत्री समाज निर्माणका लागि जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ।

कार्यक्रमले अभिभावकत्वको बदलिँदो स्वरूप, बालबालिकाको मानसिक तथा भावनात्मक विकासमा आवश्यक संवेदनशीलता तथा सकारात्मक सोचको महत्वलाई उजागर गरेको सहभागीहरूले बताएका छन्।

Related Posts

अस्ट्रेलिया भिसामा कडाइ: नेपाली विद्यार्थी प्रभावित
प्रवास

अस्ट्रेलिया भिसामा कडाइ: नेपाली विद्यार्थी प्रभावित

April 27, 2026
शैक्षिक सत्र २०८३ भर्ना अभियानमा तालमेल अभाव, संघ र स्थानीय तहबीच फरक निर्णय
मुख्य समाचार

शैक्षिक सत्र २०८३ भर्ना अभियानमा तालमेल अभाव, संघ र स्थानीय तहबीच फरक निर्णय

April 23, 2026
Gen Z ले आगामी निर्वाचनमा भोट हाल्न पाउने
मुख्य समाचार

निर्वाचन अपडेट: आज रातिदेखि मौन अवधि सुरु

March 2, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    0 shares
    Share 0 Tweet 0
  • पोर्चुगलमा थारु माघी उत्सव २०२६ आयोजना हुँदै

    0 shares
    Share 0 Tweet 0
  • लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

    0 shares
    Share 0 Tweet 0
  • बेलायतमा माघी महोत्सव आयोजना हुने

    0 shares
    Share 0 Tweet 0
  • कर्णाली समाज यूकेद्वारा मानसिक स्वास्थ्यसम्बन्धी मोटिभेसनल सेमिनार आयोजना गर्ने

    0 shares
    Share 0 Tweet 0
  • Regd. No. 861/074-075
  • Editor-in-Chief: Res. Om Sangram
  • +977 9849669768
  • easykhabaronline@gmail.com
  • Access Media Pvt. Ltd.
  • accessmedianepal@gmail.com

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.