• Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy
Friday, June 12, 2026
EasyKhabar
No Result
View All Result
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
No Result
View All Result
EasyKhabar
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

निर्वाचन अपडेट: आज रातिदेखि मौन अवधि सुरु

EasyKhabar by EasyKhabar
March 2, 2026
in शिक्षा, मुख्य समाचार, समाचार
0
A A
0

काठमाडौँ। निर्वाचन आयोग नेपाल ले यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज राति १२ बजेदेखि प्रचारप्रसार निषेध अवधि अर्थात् मौन अवधि सुरु हुने जनाएको छ।

आयोगका अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदान सम्पन्न भई मतदान केन्द्र बन्द नहुन्जेलसम्म मौन अवधि लागू हुनेछ। यस अवधिमा उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले निर्वाचन आचारसंहितामा व्यवस्था गरिएका विशेष आचरणहरूको अनिवार्य पालना गर्नुपर्नेछ।

आयोगले मतदाताले आफ्नो विवेक र अन्तरआत्माको आधारमा स्वतन्त्र निर्णय गर्न पाउने वातावरण सुनिश्चित गर्न मौन अवधि आवश्यक रहेको जनाएको छ। यसले स्वच्छ र निष्पक्ष प्रतिस्पर्धालाई प्रवर्द्धन गर्ने विश्वास आयोगको छ।

मौन अवधिमा कुनै पनि प्रकारको सार्वजनिक सभा, जुलुस, कोणसभा, राजनीतिक विज्ञापन, सामाजिक सञ्जालमार्फत प्रचारप्रसार, एसएमएस वा अन्य माध्यमबाट सन्देश सम्प्रेषण लगायत निर्वाचन प्रचारसँग सम्बन्धित गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ।

त्यसैगरी, मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका पोस्टर, ब्यानर, झण्डा तथा अन्य प्रचार सामग्री हटाउनुपर्ने व्यवस्था गरिएको छ। सामाजिक सञ्जाल, अनलाइन पोर्टल, छापा तथा अन्य सञ्चार माध्यमबाट कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सामग्री पोष्ट, शेयर वा प्रसारण गर्नसमेत रोक लगाइएको छ।

मतदान कार्य प्रारम्भ हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान कार्य सम्पन्न नभएसम्म मतदाता, मतदान अधिकृत वा कर्मचारीलाई अवरोध पुग्ने कुनै पनि गतिविधि गर्न नपाइने आचारसंहितामा उल्लेख छ।

संविधानले प्रदान गरेको अधिकारअनुसार निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन, नियन्त्रण र समन्वयका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको आयोगले जनाएको छ। आचारसंहिताको इमान्दारीपूर्वक पालना र प्रभावकारी कार्यान्वयनबाट निर्वाचनको निष्ठा कायम हुने र सजग मतदाता निर्माणमा सहयोग पुग्ने आयोगको विश्वास छ।

Share this:

  • Email a link to a friend (Opens in new window) Email
  • Print (Opens in new window) Print
  • Share on WhatsApp (Opens in new window) WhatsApp
  • Post
  • Share on Threads (Opens in new window) Threads
  • Share on Telegram (Opens in new window) Telegram
  • Share on Tumblr
  • Share on Mastodon (Opens in new window) Mastodon
  • Share on Reddit (Opens in new window) Reddit
  • Share on Nextdoor (Opens in new window) Nextdoor
  • Share on Bluesky (Opens in new window) Bluesky

Like this:

Like Loading…

Related Posts

हिन्दूराष्ट्र पुनःस्थापनासहित विश्व हिन्दू परिषद् नेपालद्वारा सरकारलाई सुझाव पेश
समाचार

हिन्दूराष्ट्र पुनःस्थापनासहित विश्व हिन्दू परिषद् नेपालद्वारा सरकारलाई सुझाव पेश

May 21, 2026
नारायणी नदीमा माछा मारेको आरोपमा २४ हजार ५ सय जरिवाना
मुख्य समाचार

नारायणी नदीमा माछा मारेको आरोपमा २४ हजार ५ सय जरिवाना

May 15, 2026
मुन म्यानपावरमा श्रम मन्त्रालयको छापा, ४३७ पासपोर्ट र ७ लाख ९० हजार नगद बरामद
समाचार

मुन म्यानपावरमा श्रम मन्त्रालयको छापा, ४३७ पासपोर्ट र ७ लाख ९० हजार नगद बरामद

May 9, 2026
डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस, न्याय सम्पादनमा उच्च कार्यक्षमताको आधार
मुख्य समाचार

डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस, न्याय सम्पादनमा उच्च कार्यक्षमताको आधार

May 8, 2026
मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक,के के छन्
विशेष समाचार

मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक,के के छन्

May 8, 2026
पूर्व मन्त्री सुदन किराती श्रम संस्कृति पार्टीमा, आज औपचारिक एकता
मुख्य समाचार

पूर्व मन्त्री सुदन किराती श्रम संस्कृति पार्टीमा, आज औपचारिक एकता

May 8, 2026
प्रधानमन्त्री बालेन र सांसद हर्क राई आमनेसामने, मित्रतादेखि कटाक्षसम्म
विशेष समाचार

प्रधानमन्त्री बालेन र सांसद हर्क राई आमनेसामने, मित्रतादेखि कटाक्षसम्म

May 7, 2026
होल्डिङ सेन्टरका ५२ बालबालिका आजदेखि विद्यालय जाँदै, ३० जना छात्राबासमा बस्न इच्छुक
शिक्षा

होल्डिङ सेन्टरका ५२ बालबालिका आजदेखि विद्यालय जाँदै, ३० जना छात्राबासमा बस्न इच्छुक

May 6, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    0 shares
    Share 0 Tweet 0
  • पोर्चुगलमा थारु माघी उत्सव २०२६ आयोजना हुँदै

    0 shares
    Share 0 Tweet 0
  • लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

    0 shares
    Share 0 Tweet 0
  • बेलायतमा माघी महोत्सव आयोजना हुने

    0 shares
    Share 0 Tweet 0
  • कर्णाली समाज यूकेद्वारा मानसिक स्वास्थ्यसम्बन्धी मोटिभेसनल सेमिनार आयोजना गर्ने

    0 shares
    Share 0 Tweet 0
  • Regd. No. 861/074-075
  • Editor-in-Chief: Res. Om Sangram
  • +977 9849669768
  • easykhabaronline@gmail.com
  • Access Media Pvt. Ltd.
  • accessmedianepal@gmail.com

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

%d