Wednesday, April 29, 2026
EasyKhabar
No Result
View All Result
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
No Result
View All Result
EasyKhabar
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट

EasyKhabar by EasyKhabar
April 29, 2026
in मुख्य समाचार, शिक्षा
0
A A
0
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत मा रिट निवेदन दर्ता भएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले गरेको उक्त निर्णय असंवैधानिक भएको दाबी गर्दै वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपालका केन्द्रीय सदस्यहरू सन्दीप थापा, अधिवक्ता प्रदीप विश्वकर्मा, सुमित मैनाली तथा सदस्यहरू मिली गौतम र कलश चम्लागाइँले संयुक्त रूपमा रिट दायर गरेका हुन्।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, शिक्षा मन्त्रालय र विश्वविद्यालय अनुदान आयोग लाई विपक्षी बनाइएको छ।

सरकारले शासकीय सुधारका १०० कार्यसूचीअन्तर्गत ६० दिनभित्र विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउने र ९० दिनभित्र “विद्यार्थी काउन्सिल” वा “भ्वाइस अफ स्टुडेन्ट” संयन्त्र विकास गर्ने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयनका क्रममा शिक्षामन्त्री र प्रधानमन्त्रीले विश्वविद्यालयका उपकुलपतिहरूलाई आवश्यक परे सुरक्षाकर्मी परिचालन गर्न निर्देशन दिएपछि विवाद चुलिएको हो।

रिट निवेदनमा उक्त निर्णय संविधानको धारा १७ अन्तर्गत प्रत्याभूत विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, शान्तिपूर्ण भेला हुने अधिकार र संघ–संस्था खोल्ने स्वतन्त्रताको उल्लंघन भएको जिकिर गरिएको छ। साथै, विद्यार्थी संगठनहरू कुनै कम्पनी वा दर्ता संस्था नभई समान विचार भएका विद्यार्थीहरूको स्वैच्छिक समूह भएकाले कार्यकारी आदेशबाट खारेज गर्न नमिल्ने तर्क प्रस्तुत गरिएको छ।

निवेदकहरूले सरकारको निर्णयले संयुक्त राष्ट्रसंघको बडापत्र, मानव अधिकारको विश्वव्यापी घोषणापत्र तथा नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्रद्वारा सुनिश्चित अधिकारहरूको समेत उल्लंघन गरेको बताएका छन्। उनीहरूले यसलाई प्रशासनिक सुधारको नाममा गरिएको अधिनायकवादी कदमको संज्ञा दिएका छन्।

रिटमा सरकारका गैरकानुनी तथा अधिकारक्षेत्र बाहिरका निर्णय, परिपत्र र निर्देशनहरू बदर गर्न माग गरिएको छ। साथै, अन्तिम निर्णय नआएसम्म उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर्न र सबै विद्यार्थी संगठन तथा स्ववियुलाई पूर्ववत् रूपमा सञ्चालन गर्न दिन माग गरिएको छ।

Related Posts

सगरमाथाको बाटो खुल्यो: आरोहण मार्ग औपचारिक रूपमा सञ्चालनमा
अर्थतन्त्र

सगरमाथाको बाटो खुल्यो: आरोहण मार्ग औपचारिक रूपमा सञ्चालनमा

April 28, 2026
काठमाडौँमा ‘स्वीप अप्रेसन’: ठमेल र विमानस्थल क्षेत्रबाट १९५ जना नियन्त्रणमा
समाचार

काठमाडौँमा ‘स्वीप अप्रेसन’: ठमेल र विमानस्थल क्षेत्रबाट १९५ जना नियन्त्रणमा

April 27, 2026
आईटी निर्यातको लक्ष्य: एआई र प्रविधिमा नेपाललाई हब बनाउने तयारी
प्रविधि

आईटी निर्यातको लक्ष्य: एआई र प्रविधिमा नेपाललाई हब बनाउने तयारी

April 27, 2026
‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न
साहित्य

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

April 27, 2026
अस्ट्रेलिया भिसामा कडाइ: नेपाली विद्यार्थी प्रभावित
शिक्षा

अस्ट्रेलिया भिसामा कडाइ: नेपाली विद्यार्थी प्रभावित

April 27, 2026
सबै अस्पतालमा १० प्रतिशत शय्या निःशुल्क अनिवार्य, सरकारको कडाइ
स्वास्थ्य

सबै अस्पतालमा १० प्रतिशत शय्या निःशुल्क अनिवार्य, सरकारको कडाइ

April 23, 2026
विश्वकप लिग–२ अन्तर्गत नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै, कीर्तिपुरमा खेल तयारी पूरा
खेलकुद

विश्वकप लिग–२ अन्तर्गत नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै, कीर्तिपुरमा खेल तयारी पूरा

April 23, 2026
शैक्षिक सत्र २०८३ भर्ना अभियानमा तालमेल अभाव, संघ र स्थानीय तहबीच फरक निर्णय
शिक्षा

शैक्षिक सत्र २०८३ भर्ना अभियानमा तालमेल अभाव, संघ र स्थानीय तहबीच फरक निर्णय

April 23, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    0 shares
    Share 0 Tweet 0
  • पोर्चुगलमा थारु माघी उत्सव २०२६ आयोजना हुँदै

    0 shares
    Share 0 Tweet 0
  • लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

    0 shares
    Share 0 Tweet 0
  • बेलायतमा माघी महोत्सव आयोजना हुने

    0 shares
    Share 0 Tweet 0
  • कर्णाली समाज यूकेद्वारा मानसिक स्वास्थ्यसम्बन्धी मोटिभेसनल सेमिनार आयोजना गर्ने

    0 shares
    Share 0 Tweet 0
  • Regd. No. 861/074-075
  • Editor-in-Chief: Res. Om Sangram
  • +977 9849669768
  • easykhabaronline@gmail.com
  • Access Media Pvt. Ltd.
  • accessmedianepal@gmail.com

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.