काठमण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका प्रतिनिधि सभाका निवर्तमान सदस्य सन्तोष परियार, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) की संयोजक दुर्गा सोव र प्रगतिशील राष्ट्रिय अभियानका संयोजक सुदन किराँतीबीच शुक्रबार ५ बुँदे सहमति भएको छ।

यो सहमति देशमा चलिरहेको गम्भीर अर्थ-राजनीतिक सङ्कट, भ्रष्टाचार, नातावाद, बेरोजगारी र राजनीतिक पार्टीहरूमा व्याप्त भ्रष्टीकरणका विरुद्ध सुरु भएको जेन-जी आन्दोलनको पृष्ठभूमिमा भएको हो।
सहमति पत्रका अनुसार, तीन पक्षले चुनौतीपूर्ण ऐतिहासिक कार्यभार पूरा गर्दै राष्ट्रिय राजनीतिको लागि अग्रगामी मार्ग प्रशस्त गर्ने र नेपाली राजनीतिको समग्र पुनर्संरचनाको लक्ष्य राखेका छन्।
यस अगाडि मात्रै रास्वपा छाडेका सन्तोष परियारको राजनीतिक दिशा र गठबन्धनको रूपमा यो सहमतिले आगामी दिनमा राजनीतिक परिदृश्यमा नयाँ तरलता ल्याउने विश्लेषकहरूको भनाइ छ।
यसैबीच, तीनै पक्षले साझा रूपमा अबको रणनीति र कार्ययोजना बनाउने र जनआन्दोलनलाई संस्थागत रूप दिने तयारी गरेका छन्।









