• Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy
Sunday, October 4, 2026
EasyKhabar
No Result
View All Result
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
No Result
View All Result
EasyKhabar
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

युनाइटेड मोदी हाइड्रोपावरको संचालकमा अधिकारी र पाण्डे निर्वाचित

EasyKhabar by EasyKhabar
May 21, 2026
in अर्थतन्त्र
A A
0
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड १२ औं बार्षिक साधारणसभा आज कालिमाटि व्यैङ्केट, कालीमाटी काठमाण्डौंमा सम्पन्न भएको छ । कम्पनीको संचालक समितिका अध्यक्ष नविन सिलवालको अध्यक्षतामा सम्पन्न सभाले ७.३६८४२ प्रतिशत लाभांश पारित भएको छ । जसमा ७ प्रतिशत बोनस सेयर र ०.३६८४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) रहेको छ । सभाबाट संचालक समितिको सदस्यमा रेणुका पाण्डे र प्राप्ति अधिकारी निर्वाचित भएका छन् । सभाले सामान्य प्रस्तावहरुमा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्नु हुने वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । त्यसै गरी सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व. २०८१/०८२ का वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण लगायत वित्तिय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने, लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०८२/०८३ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण समेत गरेको छ । त्यसै गरी सभाले अन्य लगानी योग्य क्षेत्र पहिचान गरी लगानी गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरको छ ।

त्यसै गरी सभाले विशेष प्रस्तावहरुमा कम्पनीले अन्य कम्पनीहरूमा लगानी गर्न सहज बनाउन होल्डिङ्ग कम्पनीको रुपमा विकास गर्नको लागी कम्पनीको नाम परिवर्तन गर्ने तथा सोही अनुसार प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, कम्पनीको जारी पुँजी बृद्घि गर्ने , हकप्रद शेयर जारी तथा निष्काशन गर्ने कार्य गर्दा विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लि., कम्पनी रजिष्ट्रारको कार्यालय र सिडिएस एण्ड क्लियरिङ्ग लि. लगायतका नियमनकारी निकायमा आवश्यक कार्य गर्नका लागि कम्पनीको सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ । त्यसै गरी सभाले माथि उल्लेख गरे बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएका आवश्यक संशोधनहरूकम्पनी रजिष्ट्रार कार्यालयबाट स्वीकृत गराउने क्रममा आवश्यक थपघट वा परिमार्जन गर्न र नियामक निकाय तथा अन्य सरकारी कार्यालयबाट जारी नीति निर्देशन बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा परिमार्जन गर्नुपरेमा सो सम्बन्धमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ । सभामा बोल्ने सेयरधनीहरुले प्रतिफलको स्वागत गर्दै यस आर्थिक वर्षमा पनि लाभांश दिन संचालक समिति र व्यवस्थापनलाई आग्रह गरेका छन् ।

कम्पनीले पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा ८ मा १० मेगावाट क्षमताको तल्लो मोदी १ आयोजना २०६९ मंसिर ९ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ ।

Related Posts

ग्यास संकट चुलिँदै, सरकारद्वारा आपूर्ति सहज बनाउन कडा कदम चाल्ने तयारी
अर्थतन्त्र

ग्यास संकट चुलिँदै, सरकारद्वारा आपूर्ति सहज बनाउन कडा कदम चाल्ने तयारी

September 10, 2026
बेलायतबाट विश्व बजारतर्फ अघि बढ्दै Sarvansh Global Link
अर्थतन्त्र

बेलायतबाट विश्व बजारतर्फ अघि बढ्दै Sarvansh Global Link

August 24, 2026
सहकारी ठगी पीडितलाई राहत: जेठ महिनादेखि रकम फिर्ता प्रक्रिया सुरु हुने
अर्थतन्त्र

सहकारी ठगी पीडितलाई राहत: जेठ महिनादेखि रकम फिर्ता प्रक्रिया सुरु हुने

May 6, 2026
सगरमाथाको बाटो खुल्यो: आरोहण मार्ग औपचारिक रूपमा सञ्चालनमा
अर्थतन्त्र

सगरमाथाको बाटो खुल्यो: आरोहण मार्ग औपचारिक रूपमा सञ्चालनमा

April 28, 2026
सगरमाथा मार्गमा अवरोध: सयौँ आरोही बीचमै रोकिए
अर्थतन्त्र

सगरमाथा मार्गमा अवरोध: सयौँ आरोही बीचमै रोकिए

April 27, 2026
धुँवामै संघर्ष, मकैमै सम्मान: पूर्व उपमेयर शुवरानी थारूको प्रेरक यात्रा
अर्थतन्त्र

धुँवामै संघर्ष, मकैमै सम्मान: पूर्व उपमेयर शुवरानी थारूको प्रेरक यात्रा

April 24, 2026
भाटभटेनी : जेन–जे आन्दोलनको क्षतिपछि कोटेश्वर शाखा पुनः सञ्चालनमा
English

भाटभटेनी : जेन–जे आन्दोलनको क्षतिपछि कोटेश्वर शाखा पुनः सञ्चालनमा

February 3, 2026
टिकटकको भविष्य चीनमा निर्भर : ट्रम्प
अर्थतन्त्र

दक्षिण कोरियालाई २५ प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

January 27, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    0 shares
    Share 0 Tweet 0
  • लन्डनमा ‘प्रतिभा नक्षत्र’को सातौं संस्करण आइतबार हुँदै, नयाँ पुस्तालाई नेपाली कला–संस्कृतिसँग जोड्ने अभियान

    0 shares
    Share 0 Tweet 0
  • लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

    0 shares
    Share 0 Tweet 0
  • पोर्चुगलमा थारु माघी उत्सव २०२६ आयोजना हुँदै

    0 shares
    Share 0 Tweet 0
  • अस्ट्रेलिया भिसामा कडाइ: नेपाली विद्यार्थी प्रभावित

    0 shares
    Share 0 Tweet 0
  • Regd. No. 861/074-075
  • Editor-in-Chief: Res. Om Sangram
  • +977 9849669768
  • easykhabaronline@gmail.com
  • Access Media Pvt. Ltd.
  • accessmedianepal@gmail.com

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.