• Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy
Saturday, May 16, 2026
EasyKhabar
No Result
View All Result
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
No Result
View All Result
EasyKhabar
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

धुँवामै संघर्ष, मकैमै सम्मान: पूर्व उपमेयर शुवरानी थारूको प्रेरक यात्रा

EasyKhabar by EasyKhabar
April 24, 2026
in अर्थतन्त्र, कृषि, प्रदेश समाचार
0
A A
0

काठमाडौँ ।शुवरानी थारू मधुवन नगरपालिका–४ माछढ चोकमा सडक किनारमै धुँवामा मकै पोल्दै जीवन गुजारिरहेकी छिन्। ४३ वर्षीया थारू आफ्नै बारीमा उब्जाएको हरियो मकै पोलेर बेच्दै आएकी छन्, जसले उनको परिवारको जीविका धान्न महत्त्वपूर्ण भूमिका खेलेको छ।

“काम सानो ठुलो हुँदैन, गर्ने जाँगर हुनुपर्छ,” उनी भन्छिन्। गत वर्षसम्म नगरपालिकाको उपमेयरको जिम्मेवारी सम्हालेकी थारू अहिले पुनः आफ्नो पुरानै पेशा—कृषिमा फर्किएकी छन्। उपमेयर भएर मकै पोल्नुहुन्छ भन्ने प्रश्न उठे पनि उनले त्यसलाई सहज रूपमा लिएकी छन्। “आफ्नो काम गर्न के को लाज ? म कसैलाई ठगेकी छैन, चोरी गरेकी छैन,” उनको स्पष्ट भनाइ छ।

उपमेयर बन्नुभन्दा अघि पनि उनले खेतीपाती गर्दै आएकी थिइन्। अहिले पनि आफ्नै जग्गा र भाडामा लिएको जमिनमा मकै, गहुँ र तरकारी खेती गर्दै आएकी छन्। मकै दाना बनाएर बेच्दा भन्दा पोलेर बेच्दा बढी आम्दानी हुने उनको अनुभव छ। उनी प्रतिघोगा २५ रुपैयाँमा पोलेको मकै बेच्ने गर्छिन्।

गत वर्ष मकै बेचेरै ७५ हजार रुपैयाँ आम्दानी गरेकी उनले यस वर्ष एक लाख रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्य राखेकी छन्। कृषि र पशुपालन नै उनको परिवारको मुख्य आम्दानीको स्रोत हो। परिवारसँग आठवटा भैंसी र एक गाई छन्, जसबाट दैनिक २० लिटरसम्म दूध बिक्री हुन्छ।

उनका श्रीमान् फुलराम थारूका अनुसार, उनीहरूले आफ्नै १० कठ्ठा जग्गासहित थप २ विघा जमिन भाडामा लिएर खेती गर्दै आएका छन्। आठ जनाको परिवार यही पेशाबाट पालिएको छ।

हाल नेकपा (एमाले) बाट प्रदेश सभा सदस्य रहेकी थारू यसअघि माओवादी केन्द्रबाट उपमेयर बनेकी थिइन्। उनले आफ्नो कार्यकालमा पाएको तलब–भत्ता पनि स्वास्थ्य उपचारमै खर्च भएको बताएकी छन्। द्वन्द्वकालमा भोगेको यातनाका कारण उनी अझै शारीरिक समस्याबाट ग्रस्त छिन्।

“इमान्दारीताका साथ जनताले दिएको जिम्मेवारी पूरा गरेँ,” उनी भन्छिन्, “अहिलेसम्म कुनै बेइमानी गरिनँ।”
उनको जीवनकथा केवल संघर्षको कथा मात्र होइन, श्रमप्रतिको सम्मान र आत्मनिर्भरता पनि हो।

Share this:

  • Email a link to a friend (Opens in new window) Email
  • Print (Opens in new window) Print
  • Share on WhatsApp (Opens in new window) WhatsApp
  • Post
  • Share on Threads (Opens in new window) Threads
  • Share on Telegram (Opens in new window) Telegram
  • Share on Tumblr
  • Share on Mastodon (Opens in new window) Mastodon
  • Share on Reddit (Opens in new window) Reddit
  • Share on Nextdoor (Opens in new window) Nextdoor
  • Share on Bluesky (Opens in new window) Bluesky

Like this:

Like Loading…

Related Posts

सहकारी ठगी पीडितलाई राहत: जेठ महिनादेखि रकम फिर्ता प्रक्रिया सुरु हुने
अर्थतन्त्र

सहकारी ठगी पीडितलाई राहत: जेठ महिनादेखि रकम फिर्ता प्रक्रिया सुरु हुने

May 6, 2026
सगरमाथाको बाटो खुल्यो: आरोहण मार्ग औपचारिक रूपमा सञ्चालनमा
अर्थतन्त्र

सगरमाथाको बाटो खुल्यो: आरोहण मार्ग औपचारिक रूपमा सञ्चालनमा

April 28, 2026
सगरमाथा मार्गमा अवरोध: सयौँ आरोही बीचमै रोकिए
अर्थतन्त्र

सगरमाथा मार्गमा अवरोध: सयौँ आरोही बीचमै रोकिए

April 27, 2026
भाटभटेनी : जेन–जे आन्दोलनको क्षतिपछि कोटेश्वर शाखा पुनः सञ्चालनमा
English

भाटभटेनी : जेन–जे आन्दोलनको क्षतिपछि कोटेश्वर शाखा पुनः सञ्चालनमा

February 3, 2026
टिकटकको भविष्य चीनमा निर्भर : ट्रम्प
अर्थतन्त्र

दक्षिण कोरियालाई २५ प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

January 27, 2026
इन्जिनियर आचार्य विरुद्ध ६ करोड ७९ लाख रुपियाँ भ्रष्टाचार गरेको आरोप
अर्थतन्त्र

इन्जिनियर आचार्य विरुद्ध ६ करोड ७९ लाख रुपियाँ भ्रष्टाचार गरेको आरोप

January 27, 2026
नेपालको ऋण २८ खर्ब नाघ्यो
अर्थतन्त्र

नेपालको ऋण २८ खर्ब नाघ्यो

January 20, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    0 shares
    Share 0 Tweet 0
  • पोर्चुगलमा थारु माघी उत्सव २०२६ आयोजना हुँदै

    0 shares
    Share 0 Tweet 0
  • लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

    0 shares
    Share 0 Tweet 0
  • बेलायतमा माघी महोत्सव आयोजना हुने

    0 shares
    Share 0 Tweet 0
  • कर्णाली समाज यूकेद्वारा मानसिक स्वास्थ्यसम्बन्धी मोटिभेसनल सेमिनार आयोजना गर्ने

    0 shares
    Share 0 Tweet 0
  • Regd. No. 861/074-075
  • Editor-in-Chief: Res. Om Sangram
  • +977 9849669768
  • easykhabaronline@gmail.com
  • Access Media Pvt. Ltd.
  • accessmedianepal@gmail.com

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

%d