• Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy
Tuesday, September 22, 2026
EasyKhabar
No Result
View All Result
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
No Result
View All Result
EasyKhabar
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

दक्षिण कोरियालाई २५ प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

EasyKhabar by EasyKhabar
January 27, 2026
in अर्थतन्त्र, मुख्य समाचार, विश्व
A A
0
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

सियोल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटोमोबाइल, काठ र फार्मास्युटिकल्स लगायत दक्षिण कोरियाबाट आयात हुने सामानमा कर बढाउने घोषणा गर्नुभएपछि दक्षिण कोरियाको सरकारले मङ्गलबार आपतकालीन बैठक बोलाएर स्थिति मूल्याङ्कन गरेको छ ।

राष्ट्रपति ट्रम्पले सोमबार दक्षिण कोरियाले वासिङ्टनसँग यसअघि भएको व्यापार सम्झौताको पूर्ण पालना नगरेको आरोप लगाउँदै ती सामानमा कर बढाउने बताउनुभएको हो । उहाँको घोषणा अनुसार हाल १५ प्रतिशत रहेको कर दर बढेर २५ प्रतिशत पुग्नेछ ।

तर, दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले अमेरिकी पक्षबाट यस्तो कर वृद्धि योजनाबारे आफूलाई पहिल्यै कुनै आधिकारिक सूचना नआएको स्पष्ट पारेको छ । राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मा लेख्दै ‘दक्षिण कोरियाको विधायिकाले अमेरिकासँग गरिएको सम्झौता अनुसार काम गरिरहेको छैन’ भन्ने दाबी गर्नुभएको छ ।

उहाँका अनुसार कोरियाली संसद्ले ‘हाम्रो ऐतिहासिक व्यापार सम्झौता लागु नगरेकाले’ उहाँले कर दर बढाउने निर्णय लिनु भएको हो । यस घोषणापछि सियोलमा मङ्गलबार आपतकालीन बैठक बसेको थियो । उक्त बैठकमा हाल क्यानाडामा रहनुभएका व्यापार तथा उद्योग मन्त्री किम जङ्ग–क्वान टाढाबाट सहभागी हुनुभएको थियो । बैठकपछि जारी गरिएको विज्ञप्तिमा दक्षिण कोरियाली सरकारले अमेरिकी पक्षसँग भएको प्रशुल्क सम्झौता कार्यान्वयनप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै शान्त र मापन गरिएको तरिकाले प्रतिक्रिया जनाउने बताएको छ ।

सरकारले वासिङ्टनले घोषणा गरेको कर वृद्धि तत्काल लागु नहुने र सङ्घीय रजिस्टरमा प्रकाशन जस्ता आवश्यक प्रशासनिक प्रक्रिया पूरा भएपछि मात्र प्रभावमा आउने विश्वास व्यक्त गरेको छ । यसैबिच, दक्षिण कोरियाका व्यापार मन्त्री किम यस विषयमा छलफल गर्न अमेरिकी वाणिज्य मन्त्री हावर्ड लुटनिकसँग भेटवार्ता गर्न वासिङ्टन जाने तयारीमा हुनुहुन्छ ।

यो घटना क्रम वासिङ्टन र सियोलबिच केही महिना अघि मात्र व्यापार तथा सुरक्षा सम्झौता भएको पृष्ठभूमिमा आएको हो । ती सम्झौताले लामो समयदेखि चलेको तनावपूर्ण वार्तालाई सीमित गर्दै द्विपक्षीय सम्बन्धलाई नयाँ दिशामा लैजाने अपेक्षा गरिएको थियो । गत अक्टोबरमा दक्षिण कोरियाली समकक्षी ली जे म्युङसँग राष्ट्रपति ट्रम्पको भेटपछि अमेरिकी शुल्क कटौती र दक्षिण कोरियाबाट थप लगानीको प्रतिबद्धतासहित सम्झौतालाई अन्तिम रूप दिइएको थियो ।

तर त्यस यता उक्त सम्झौता दक्षिण कोरियामा कानुनी रूपमा अझै लम्बित अवस्थामा छ । सियोलको राष्ट्रपति कार्यालयले नोभेम्बरमा यस सम्झौताले बाध्यकारी कानुनी दस्तावेजभन्दा बढी समझदारी ज्ञापन पत्रको स्वरूप लिएको तर्क गर्दै संसदीय स्वीकृतिको आवश्यकता नपर्ने जनाएको थियो । सम्झौता संसदमा पेस गरिएको छ वा छैन भन्ने प्रश्नमा एक वरिष्ठ अधिकारीले मङ्गलबार एएफपीलाई आफूले त्यसबारे समीक्षा गरिरहेको बताउँदै विस्तृत जानकारी दिन अस्वीकार गर्नुभएको छ ।

सम्झौता अनुसार वासिङ्टनले सवारी साधन, कार पाट्र्स र फार्मास्युटिकल्ससहित दक्षिण कोरियाली सामानमा अधिकतम १५ प्रतिशतसम्म कर लगाउने व्यवस्था गरेको थियो । विशेष गरी, यस सम्झौताले दक्षिण कोरियाली कारमा लाग्ने अमेरिकी शुल्क २५ प्रतिशतबाट घटाएको थियो । तर राष्ट्रपति ट्रम्पको पछिल्लो चेतावनी यदि कार्यान्वयनमा आयो भने त्यो व्यवस्था उल्टिने छ ।

संयुक्त राज्य अमेरिकामा दक्षिण कोरियाको कुल निर्यातमध्ये करिब २७ प्रतिशत अटो उद्योगले ओगटेको छ, जुन देशको कुल कार निर्यातको लगभग आधा हिस्सा हो । उच्च कर दरमा पुनः फर्किनुपरेमा दक्षिण कोरियाली निर्यात जापान र युरोपेली सङ्घ (इयु) जस्ता अर्थतन्त्रको तुलनामा कमजोर स्थितिमा पर्न सक्ने विश्लेषकको भनाइ छ, किनकि ती दुवैले अमेरिकासँग १५ प्रतिशत करमै सहमति गरिसकेका छन् ।

हालसम्म ट्रम्प प्रशासनले कर परिवर्तन लागु गर्न आवश्यक औपचारिक सूचना सार्वजनिक गर्न बाँकी नै राखेको छ । दक्षिण कोरियालाई लक्षित गर्दै आएको यो चेतावनी हालैका दिनमा अमेरिकी राष्ट्रपतिको प्रमुख व्यापारिक साझेदारमाथिको पछिल्लो कडा अभिव्यक्तिमध्ये एक हो ।

यसअघि सप्ताहन्तमा राष्ट्रपति ट्रम्पले क्यानाडालाई चेतावनी दिँदै चीनसँग व्यापार सम्झौता गरेमा सीमापार आउने सबै सामानमा १०० प्रतिशत भन्सार शुल्क लगाइने बताउनुभएको थियो । त्यसै गरी, जनवरीको सुरुमा उहाँले ग्रिनल्यान्ड खरिद नभएसम्म धेरै युरोपेली राष्ट्रमा कर लगाउने धम्की दिनुभएको थियो, र त्यसपछि पनि उहाँले ती धम्कीलाई सार्वजनिक रूपमा समर्थन गर्दै आउनुभएको छ । रासस/एएफपी 

Related Posts

ओलीलाई हटाएरै छाड्छौँ, सरकार कूटनीतिक रूपमा असक्षम भयोः एमाले नेता कृष्ण केसी
मुख्य समाचार

ओलीलाई हटाएरै छाड्छौँ, सरकार कूटनीतिक रूपमा असक्षम भयोः एमाले नेता कृष्ण केसी

September 17, 2026
ग्यास संकट चुलिँदै, सरकारद्वारा आपूर्ति सहज बनाउन कडा कदम चाल्ने तयारी
अर्थतन्त्र

ग्यास संकट चुलिँदै, सरकारद्वारा आपूर्ति सहज बनाउन कडा कदम चाल्ने तयारी

September 10, 2026
बेलायतबाट विश्व बजारतर्फ अघि बढ्दै Sarvansh Global Link
अर्थतन्त्र

बेलायतबाट विश्व बजारतर्फ अघि बढ्दै Sarvansh Global Link

August 24, 2026
लन्डनमा ‘प्रतिभा नक्षत्र’को सातौं संस्करण आइतबार हुँदै, नयाँ पुस्तालाई नेपाली कला–संस्कृतिसँग जोड्ने अभियान
प्रवास

लन्डनमा ‘प्रतिभा नक्षत्र’को सातौं संस्करण आइतबार हुँदै, नयाँ पुस्तालाई नेपाली कला–संस्कृतिसँग जोड्ने अभियान

August 15, 2026
युनाइटेड मोदी हाइड्रोपावरको संचालकमा अधिकारी र पाण्डे निर्वाचित
अर्थतन्त्र

युनाइटेड मोदी हाइड्रोपावरको संचालकमा अधिकारी र पाण्डे निर्वाचित

May 21, 2026
नारायणी नदीमा माछा मारेको आरोपमा २४ हजार ५ सय जरिवाना
मुख्य समाचार

नारायणी नदीमा माछा मारेको आरोपमा २४ हजार ५ सय जरिवाना

May 15, 2026
डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस, न्याय सम्पादनमा उच्च कार्यक्षमताको आधार
मुख्य समाचार

डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस, न्याय सम्पादनमा उच्च कार्यक्षमताको आधार

May 8, 2026
पूर्व मन्त्री सुदन किराती श्रम संस्कृति पार्टीमा, आज औपचारिक एकता
मुख्य समाचार

पूर्व मन्त्री सुदन किराती श्रम संस्कृति पार्टीमा, आज औपचारिक एकता

May 8, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    0 shares
    Share 0 Tweet 0
  • लन्डनमा ‘प्रतिभा नक्षत्र’को सातौं संस्करण आइतबार हुँदै, नयाँ पुस्तालाई नेपाली कला–संस्कृतिसँग जोड्ने अभियान

    0 shares
    Share 0 Tweet 0
  • लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

    0 shares
    Share 0 Tweet 0
  • पोर्चुगलमा थारु माघी उत्सव २०२६ आयोजना हुँदै

    0 shares
    Share 0 Tweet 0
  • अस्ट्रेलिया भिसामा कडाइ: नेपाली विद्यार्थी प्रभावित

    0 shares
    Share 0 Tweet 0
  • Regd. No. 861/074-075
  • Editor-in-Chief: Res. Om Sangram
  • +977 9849669768
  • easykhabaronline@gmail.com
  • Access Media Pvt. Ltd.
  • accessmedianepal@gmail.com

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.